• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

मध्यवर्तीको समस्या : उद्योग खोल्न कसरा धाउनुपर्ने बाध्यता

  •   शनिबार, जेठ २७, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    त्रिवेणी । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत पर्ने नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरका बासिन्दाले विभिन्न प्रकारका समस्या झेल्दै आएका छन् । मध्यवर्ती क्षेत्रमा किसानले लगाएका बाली वन्यजन्तुले विनाश गर्नु, वन्यजन्तुको आक्रमणमा परी मानवीय क्षति बेहोर्नुपर्ने समस्या छँदै छ । योसँगै मध्यवर्तीका बासिन्दाको अर्को समस्या यस क्षेत्रमा कुनै उद्योग खोल्नुपरे अनुमति लिन चितवनको कसरास्थित चितवन राष्ट्रिय निकुञ्जको कार्यालय धाउनुपर्ने बाध्यता रहेको छ । नवलपुरमा आठ पालिका रहेका छन् ।

    जसमध्ये पाँचवटा पालिकाभित्रका धेरै भाग चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछन् । मध्यवर्तीका बासिन्दाले सामान्य चिया पसल सञ्चालन गर्नु परे पनि अनुमति लिन कसरा धाउनुपर्ने बाध्यता रहेको उद्योग वाणिज्य सङ्घ नवलपुरका अध्यक्ष वैकुण्ठ अर्यालले बताउनुभयो । यस नीतिले उद्योग स्थापनालाई निरुत्साहित गरेको उहाँको भनाइ छ । पर्यटन तथा उद्योग कार्यालय कावासोतीमा रहेको छ । यसैले आफ्नो शर्तअनुसार उद्योग सञ्चालनको अनुमति दिन सक्ने भए पनि मध्यवर्ती क्षेत्र पर्ने स्थानमा केही गर्नुपरे पहिला कसरा पुग्नुपर्ने बाध्यता रहेको अध्यक्ष अर्यालले बताउनुभयो ।

    “सरकारले रोजगारी सिर्जनाको कुरा गर्छ, तर हाम्रो नियम उद्योग स्थापनालाई प्रोत्साहन गर्ने भएजस्तो पाउँदैनौँ, अहिले नवलपुरको मध्यवर्ती क्षेत्रमा सामान्य चिया पसल खोल्नुपरे पनि कसरा पुग्नुपर्ने बाध्यता छ”, अध्यक्ष अर्यालले भन्नुभयो, “मध्यवर्तीमा रहेको यो नीतिको परिमार्जन आवश्यक छ ।” नवलपुरको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका साथै विनयी त्रिवेणी गाउँपालिकाको धेरैजसो क्षेत्र मध्यवर्तीको सीमा क्षेत्रभित्र पर्दछन् ।

    राजमार्गदेखि नजिकको र उद्योग स्थापनाका दृष्टिले सहज भएका सबैजसो क्षेत्रमा मध्यवर्तीका कारण उद्योगीले उद्योग स्थापना गर्न नचाहेको सङ्घका अध्यक्ष अर्यालले बताउनुभयो । यस क्षेत्रमा जुनसुकै उद्योग स्थापना गर्नका लागि अनुमति लिन चितवन राष्ट्रिय निकुञ्जको कसरा पुग्नुपर्ने हुँदा समस्या हुने गरेको अध्यक्ष अर्यालले बताउनुभयो । सानोतिनो केही उद्योग सञ्चालन गर्छु भन्ने मानिसले मध्यवर्तीको झन्झटका कारण केही नगरी बस्ने अवस्था रहेको उहाँले बताउनुभयो ।

    पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख सागर खनालका अनुसार मध्यवर्ती क्षेत्रमा उद्योग सञ्चालनका लागि माग आए आफूहरूले सुरुमा मध्यवर्ती सेक्टर कार्यालय पठाउने गरेको बताउनुभयो । सेक्टरले फाइल हेरेर मुचुल्का गरी चितवन राष्ट्रिय निकुञ्जको कसरास्थित कार्यालय पठाउन र त्यहाँबाट विभिन्न सर्त राखी सञ्चालनको अनुमति प्रदान गरे ती शर्तसहित कार्यालयका सर्तको समेत पालना गर्ने गरी उद्योग सञ्चालनको अनुमति दिने गरेको उहाँले बताउनुभयो ।

    साना ठूला सबै उद्योग सञ्चालनको अनुमतिका लागि कसरानै पुग्नुपर्ने कार्यालय प्रमुख खनालले बताउनुभयो । “चिया पसल, होटल, डेरी, रेष्टुराँ पनि उद्योग नै हुन, ती सबै खोल्नका समेत निकुञ्जको अनुमति चाहिन्छ, निकुञ्जले शर्त तोकी सञ्चालनको अनुमति दिएपछि हामीले दर्ता गर्छौँ”, कार्यालय प्रमुख खनालले भन्नुभयो । उद्योग भनेर आउने सबैले मध्यवर्ती क्षेत्रमा परे चितवनको कसराबाट निकुञ्जको अनुमति ल्याएपछि मात्रै पर्यटन तथा उद्योग कार्यालयले थप प्रक्रिया अघि बढाउने गरेको छ ।

    यस प्रावधानले मध्यवर्ती क्षेत्रमा उद्योग सञ्चालनमा समस्या भएको मध्यवर्ती क्षेत्रका बासिन्दाको गुनासो रहेको छ । ठूला उद्योग खोल्ने र सामान्य एउटा कपडा सिलाउने उद्देश्यले टेलर स्थापना गर्न खोज्नेलाई एउटै प्रावधान हुनु व्यवहारिक नभएको पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख खनालले स्वीकार गर्नुभयो । नवलपुर देशकै मध्यभागमा रहेकाले यहाँ उद्योग स्थापना गरे उत्पादित सामग्री देशको पूर्वी भागदेखि पश्चिमसम्म लैजान सहज हुने भए पनि चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका कारण जति उद्योग स्थापना हुनुपर्ने हो त्यति हुन नसकेको नवलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष अर्यालले बताउनुभयो ।

    समथर भाग जति मध्यवर्ती क्षेत्र पर्ने र पहाडी क्षेत्रमा पूर्वाधार निर्माण गरी उद्योग स्थापना गर्न लगानी धेरै लाग्ने हुँदा जिल्लामा उद्योगमैत्री वातावरण बन्न नसकेको उहाँको भनाइ रहेको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.