• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. बिचौलियाको मारमा किसान

  • ९. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

जागिर संगै समाज सेवा

  •   मङ्गलबार, भदौ ३०, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर–९ की अञ्जना जोशी उमेरले भर्खर २१ लाग्नुभयो । उहाँ भरतपुर सामुदायिक अस्पतालको इर्मेजेन्सी वार्डमा ‘हेल्थ असिस्टेन्ट’ का रुपमा काम गर्नुहुन्छ । अस्पतालको ड्युटीसँगै सहयोगापेक्षीका सेवामा जुट्ने उहाँको दैनिकी नै बनेको छ । विसं २०७२ मा गएको भूकम्पका बेला उहाँका अङ्कलले अमेरिकाबाट पीडितलाई सहयोग पठाउनुभयो । अङ्कलको यो कर्मसँगै उहाँमा समाजसेवाको भावना विकास भयो । “बजारको सडकमा कोही पल्टिएको देख्यो भने मन अमिलो हुन्छ । सहयोग गर्न पाए हुन्थ्यो भन्ने लाग्छ”, उहाँले भन्नुभयो । सामाजिक कार्यमा लाग्न दुई वर्षअघि उहाँ लियो क्लब अफ भरतपुर युथको सदस्य हुनुभयो । अहिले उहाँ आफ्नो जागिरसँगै नारायणी नदी किनारमा दैनिक ६ घण्टा सहयोगापेक्षी मानवलाई खाना खुवाउने कार्यमा लाग्नुभएको छ । “जागिरेलाई त लकडाउनले खाना धौ–धौ छ”, उहाँले भन्नुभयो, “दैनिक ज्याला मजदूरी गरेर हातमुख जोड्नेको अवस्था के होला रु साथीसँग छलफल गरी निःशुल्क खाना दिने निर्णयमा पुग्यौँ ।” पहिलो चरणमा साथीहरुले रु तीन हजारदेखि पाँच हजार सङ्कलन गरेर अभियानमा लागेको उहाँको भनाइ छ । नारायणी किनारमा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रको सहकार्यमा दैनिक २०० भन्दा बढी बेसहारा तथा सहयोगापेक्षी मानवलाई दुई छाक खानाको व्यवस्था मिलाइएको छ । जोशी खाना बनाउन बिहानदेखि यसको तयारीमा जुट्नु हुन्छ । स्वास्थ्यकर्मी भएकाले सहयोगापेक्षीलाई सामाजिक दूरीमा राख्नेदेखि मास्क वितरणमा खटिने गर्नुहुन्छ । कोरोनाको जोखिम भएकाले सबैलाई एकै ठाउँमा खाना खुवाउने काम त्यतिकै जटिल पाटो रहेको उहाँ बताउनुहुन्छ । दैनिक रु २० हजारले २०० जनालाई खाना खुवाउँदै आएको छ । अहिले सोह्रश्राद्ध भएकाले पितृहरुको नाममा खाना खुवाउन आउनेको सङ्ख्यामा उल्लेख्य छ । देश विदेशबाट सहयोग आउने क्रम पनि छ । कोरोनाले सृजना गरेको सङ्कटमा सहयोगी मनहरुको सहभागिताले अभियन्तालाई हौसला मिलेको जोशी बताउनुहुन्छ । पत्रकार हीरालाल आचार्य उमेरले २० पुग्नुभयो । उहाँ अहिले अध्ययनसँगै यहाँको एक अनलाइनमा काम गर्नुहुन्छ । भरतपुर–२ क्षेत्रपुरमा बस्ने उहाँलाई परोपकारी समाचारहरु लेख्न खुबै मन पर्छ । “एक साथीले स्वास्थ्य शिविरको समाचार प्रकाशनका लागि पठाउनुभयो, यसले मलाई समाजसेवामा अभिप्रेरित ग¥यो”, उहाँले भन्नुभयो । परोपकारी समाचार लेख्न अलि बढी रुचि लाग्ने उहाँ बताउनुहुन्छ । हुँदाखानेलाई जीवनयापनमा निकै कष्टकर हुने भएकाले सानो सहयोगले उनीहरुलाई ठूलो राहत मिल्ने उहाँको भनाइ छ । “परोपकारी कामका लागि सधैँ तयार छुँ”, उहाँले भन्नुभयो, “यसले छुट्टै आन्नद प्रदान गर्दो रहेछ । यो कामलाई कहिले पनि छाड्दिनँ ।” हप्ताको चार दिन नारायणी नदी किनारको निःशुल्क खाना खुवाउने कार्यक्रममा पुग्नु हुन्छ । खानालाई चलाउनेदेखि खाना वितरणमा खटिने उहाँको काम हो । लियो क्लब अफ भरतपुर युथमा उहाँलाई साथीले सदस्य हुन सुझाएपछि १ वर्षदेखि यसमा आबद्ध हुनुहुन्छ । लियो क्लब अफ भरतपुर युथका अध्यक्ष दीपेश ज्ञवाली यहाँको बाबा फर्मेसीमा काम गर्नुहुन्छ । उमेरले २५ पुग्नुभएका उहाँले संस्थाको नेतृत्वसँगै कामलाई पनि निरन्तरता दिइरहनुभएको छ । ज्ञवाली दिनमा फार्मेसीमा काम गरेर पनि नारायणी नदीमा रहेको निःशुल्क खाना खुवाउने कार्यक्रममा सक्रिय हुनुहुन्छ । दैनिक १ घण्टा भए पनि उहाँ नारायणी नदी किनारमा पुगेर सहयोगमा जुट्नुहुन्छ । “इच्छा र चाहना भयो भने सबै हुन्छ”, उहाँले भन्नुभयो, “शुरुमा एक छाक खाना खुवाउन सकेका थियौँ । अहिले दुई छाक नै खुवाउन सफल भएका छौँ ।” सहयोगापेक्षीलाई सेवा गर्न अहिलेका युवा अग्रसर हुनुपर्ने उहाँको भनाइ छ । कुन संस्थामा छौँ भन्ने कुराले फरक पर्दैन, दुःखीको सेवामा युवा जुटे समाजसँगै राष्ट्रलाई परिवर्तन गर्न सकिने ज्ञवाली बताउनुहुन्छ । जिल्लामा पछिल्लो समय समाजसेवामा इच्छा देखाउने युवाको सङ्ख्या उल्लेख्य छ । विभिन्न संस्थाको स्थापना गरी समाजसेवाको काममा लाग्नाले सकारात्मक सन्देश प्रवाह गरेको छ । रासस

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.