चितवन। भरतपुर महानगरपालिका वडा नं. ११ स्थित इन्द्रबहादुर घलानको घरमा जुवा तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका छन् । जुवा तास खेलिरहेको अवस्थामा सोमबार ५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । प्रवक्ता थापाका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं. ३ बस्ने वर्ष ४५ को कृष्णबहादुर घलान, कालिका नगरपालिका वडा नं. ३ बस्ने वर्ष ३३ को विकास गुरूङ, रत्ननगर नगरपालिका वडा नं. ९ बस्ने वर्ष ३९ को राजु पोख्रेल, गैडाकोट न।पा। वडा नं. १ बस्ने वर्ष ३० को दिपक आचार्य रहेका छन् । उक्त स्थानबाट नगद ४५,७०० नगद बरामद गरिएको र निजहरुलाई हिरासतमा राखी अनुसन्धान कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।








