चितवन । चितवनमा संचालन भइरहेको हामी छौं (खाना अभियान) मा लियो क्लब अफ चितवन ईष्टले सहयोग गरेको छ । लियो डिष्ट्रिक्ट ३२५ बि टु नेपाल एरिया ३ ले चितवनमा चलाइरहेको खाना अभियानमा लियो क्लब अफ चितवन ईष्टले नगद १० हजार ५ रुपैयाँ सहयोग गरेको हो । क्लबका अध्यक्ष सागर अधिकारीले मंगलबार एरिया ३ का एरिया प्रमुख पुरुषोत्तम सुवेदीलाई नगद हस्तान्तरण गरेका हुन् । लियो क्लबका युवाहरुले चितवन तथा नवलपुरका विपन्न , खानाबाट बन्चितहरुलाई निशुल्क रुपमा खाना वितरण गर्दै आएको छ । चितवनमा भदौं २५ गतेबाट खाना वितरण गर्न सुरु गरिएको र प्रत्येक दिन करिब चार सयजनालाई खाना खुवाउने गरेको लियो डिष्ट्रिक्ट ३२५ बि टु नेपाल एरिया ३ का एरिया प्रमुख पुरुषोत्तम सुवेदीले जानकरी दिए ।








