• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

घोराही सिमेन्टको आइपिओमा फर्जी आवेदन पछि निष्कासन प्रक्रिया स्थगित

  •   सोमबार, असार ०४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।  घोराही सिमेन्ट इन्डष्ट्री लिमिटेडको शेयर निष्कासन प्रक्रिया विवादमा परेको छ । उक्त कम्पनीको क्रेटिङ रेटिङ र प्राथमिक शेयर निष्कासन (आइपिओ) को आवेदनमा शङ्का लागेपछि प्रक्रिया स्थगित गरिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । यो कम्पनीको आइपिओ खरिदमा नक्कली आवेदन परेकोसमेत देखिएको छ । धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार घोराही सिमेन्टको क्रेडिट रेटिङ र आइपिओ आवेदनमा शङ्का लागेपछि स्थगित गरेको हो । धितोपत्र बोर्डले आज कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक रहेका हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई पत्र पठाउँदै आइपिओ निष्कासन प्रक्रिया रोक्न भनेको छ ।

    “घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडलाई प्रदान गरेको इस्युअर रेटिङ, क्रेडिट रेटिङ नियमावली २०६८ को नियम ३४ को उपनियम २ विपरीत भए÷नभएको बारेको केयर रेटिङ नेपाल लिमिटेडलाई तीन दिनभित्र स्पष्ट गरी पेस गर्न जेठ ३० मा पत्राचार भएकामा केयर रेटिङ नेपाल लिमिटेडले हालसम्म जानकारी पेस नगरी कुनै आधार बिना म्याद थपका लागि अनुरोध गर्दै आएको छ”, बोर्डको पत्रमा भनिएको छ, “साथै उक्त कम्पनीको सार्वजनिक निष्कासनमा मागभन्दा बढी कित्ताको शेयर आवेदन प्राप्त भइसकेको अवस्थामा समेत सार्वजनिक निष्कासनको समयावधि थप गर्न सूचना प्रकाशित गरेको देखिएको सन्दर्भमा सर्वसाधारण लगानीकर्ताको सुरक्षा तथा हित संरक्षणलाई मध्यनजर गर्दै उक्त कम्पनीको रेटिङ र सार्वजनिक निष्कासनसम्बन्धी कैफियतको जाँचबुझका लागि हाललाई घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको सार्वजनिक निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गरिएको छ ।”

    क्रेडिट रेटिङ नियमावली २०६८ को नियम ३४ को उपनियम २ मा क्रेडिट रेटिङ संस्थाले आफ्नो मुख्य शेयरधनी कुनै कम्पनीमा आधारभूत शेयरधनी भएमा त्यस्तो कम्पनीको क्रेडिट रेटिङ हुन नपाउने व्यवस्था गरेको छ । घोराही सिमेन्ट र केयर रेटिङ नेपालको लगानीकर्ता एउटै व्यक्ति भएको विषयमा बोर्डले जानकारी मागेको थियो । त्यस्तै, आइपिओमा आवेदन भर्नका लागि असार ४ गतेसम्मको समयसीमा तोकिएकामा घोराही सिमेन्टले त्यसलाई बढाएर असार १४ गतेसम्म पु¥याएको थियो । मागभन्दा बढी आवेदन (ओभर सस्क्राइभ) भइसकेको अवस्थामा पनि आवेदनको भर्ने सीमा बढाएको बारे पनि बोर्डले प्रश्न उठाएको छ ।

    नक्कली आवेदन सिडिएस एन्ड क्लियरिङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यका अनुसार सोमबार बेलुका ४ बजेसम्ममा घोराही सिमेन्टको आइपिओमा एक करोड २० लाख कित्ता शेयरका लागि फर्जी आवेदन परेका छन् । बैंक खातामा न्यून रकम राखेर तर ठूलो सङ्ख्यामा आइपिओका लागि आवेदन परेको उहाँको भनाइ छ । “यस्तो प्रकृतिको आवेदन विगतमा छिटपुट हुन्थ्यो र बैंक तथा बिक्री प्रबन्धकहरुले त्यसलाई अयोग्य मान्थे । तर यसपटक ठूलो सङ्ख्यामा फर्जी आवेदन परेका छन् ।

    अहिलेसम्म एक करोड २० कित्ता कित्ता शेयरका लागि फर्जी आवेदन परेको पुष्टि भइसकेको छ”, आचार्यले भन्नुभयो । अहिले बैंकहरुले आवेदन रुजु गर्ने प्रक्रिया चलिरहेकाले यो सङ्ख्या अझ थपिनसक्ने उहाँको भनाइ छ । यसरी ठूलो सङ्ख्यामा फर्जी आवदेन परेको शङ्का लागेपछि सिडिएस एन्ड क्लियरिङ लिमिटेडले धितोपत्र बोर्डलाई यसबारे जानकारी गराएको पनि उहाँले बताउनुभयो । सिडिएस एन्ड क्लियरिङ लिमिटेडले आजै एक सूचना जारी गर्दै धितोपत्रको सार्वजनिक निष्कासनमा झुटो आवेदन परेको उल्लेख गर्दै यसको पुष्टि भएमा कारबाही हुने जनाएको छ ।

    “सङ्गठित संस्थाले जारी गरेको सार्वजनिक निष्कासनमा आफ्नो बैैंक खातामा मौज्दात नराखी वा खातामा मौज्दात रहेको भन्दा बढी रकमको आवेदन दिई संस्थाले जारी गरेको धितोपत्रको सार्वजनिक निष्कासनमा प्राप्त आवेदनको संस्था तथा परिमाणलाई प्रभावित पार्ने कार्य गरेमा सो कार्य धितोपत्रसम्बन्धी ऐन, २०६३ अनुसार झुटा एवम् जालसाजीयुक्त कारोबार हुने भएकाले यस्तो कार्य गर्ने व्यक्ति वा संस्थालाई सो ऐनअनुसार कानुनी कारबाही हुने ब्यहोरा जानकारी गराइन्छ”, सिडिएस एन्ड क्लियरिङ लिमिटेडको सूचनामा भनिएको छ ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.