• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. बिचौलियाको मारमा किसान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

पाँच दिने विपद् अभ्यास हातेमालो कार्यक्रम

  •   शनिबार, असार ०९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    मोरङ । नेपाली सेनाको मोरङ थलाहस्थित भैरव गणले आयोजना गरेको विपद् व्यवस्थापनसम्बन्धी पाँचदिने ‘अभ्यास हातेमालो–५’ आज सम्पन्न भएको छ । विपद् व्यवस्थापनसँग सम्बन्धित निकायको काम, कर्तव्य, जिम्मेवारी, क्षमता र तयारीका बारेमा एकआपसमा जानकारी आदान गर्ने उद्देश्यले हातेमालो कार्यक्रम सञ्चालन गरिएको हो ।

    जिल्लामा हुने बाढी, पहिरो, डुबान, आगलागी तथा भूकम्पका समयमा जनधनको क्षतिको न्यूनीकरण एवं राहत र उद्धारका कार्यमा विपद् व्यवस्थापनसँग सम्बद्ध सम्पूर्ण निकायलाई समन्वयात्मक ढङ्गबाट परिचालन लागि अभ्यास कार्यक्रमको आयोजना गरिएको गणका गणपति प्रमुख सेनानी अमृत थापा मगरले जानकारी दिनुभयो । पाँचदिने अभ्यासका क्रममा सरोकारवाला निकायलाई अभ्याससम्बन्धी जानकारी दिनुका साथै सरोकारवाला निकायका काम कर्तव्य, जिम्मेवारी, क्षमता र तयारीका बारेमा प्रस्तुतीकरण गरिएको थियो ।

    विपद्को काल्पनिक परिस्थितिको परिकल्पनाका आधारमा सहभागीहरुबीच समूहगत विभाजन गरी उक्त परिस्थितिमा के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा अन्तरक्रिया गरिएको सेनानी थापा मगरले बताउनुभयो । अभ्यासमा जिल्ला विपद् व्यवस्थापन समिति, जिल्ला प्रशासन कार्यालय मोरङ, नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला स्वास्थ्य कार्यालय, नेपाल रेडक्रस सोसाइटी, विराटनर महानगरपालिका, कटहरी र धनपालथान गाउँपालिकाले विपद् एवं राहत तथा उद्धार सम्बन्धी प्रदर्शन गरेका थिए ।

    समापन समारोहमा मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले यस प्रकारको कार्यक्रमले क्षमता विकास भई विपद्को समयमा उद्धारमा सहयोग पुग्ने बताउनुभयो । सेनाका थलहाका गणपति प्रमुख सेनानी थापा मगरले विपद्को समयमा छिटोछरितो किसिमले उद्धार गरी जनधनको क्षति न्यूनीकरण अभ्यासले सहयोग पुग्ने विचार राख्नुभयो ।

    कार्यक्रममा बाढीपहिरा आएको अवस्थामा गरिने उद्धारको पूर्व अभ्यास तथा उद्धारका लागि प्रयोग गरिने सामग्रीको प्रदर्शन गरिएको थियो ।

    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.