• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

तनहुँका दश स्थानीय तहद्वारा सात अर्ब ७५ करोडको बजेट प्रस्तुत

  •   सोमबार, असार ११, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    दमौली । तनहुँका दश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि रु सात अर्ब ७५ करोड ७० लाख ६७ हजार तीन सय ७० को बजेट प्रस्तुत गरेका छन् । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाले आगामी आवका लागि उक्त बजेट प्रस्तुत गरेका हुन् । तनहुँका सबै स्थानीय तहका उपप्रमुख एवं उपाध्यक्षले आइतबार बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । जिल्लाका सबै स्थानीय तहले कृषि, स्वास्थ्य, पर्यटन र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट प्रस्तुत गरेको जनाएका छन् ।

    व्यास नगरपालिकाले रु एक अर्ब ५९ करोड ३१ लाख एक हजार, भिमाद नगरपालिकाले रु ६३ करोड ८९ लाख ५६ हजार आठ सय ७०, भानु नगरपालिकाले रु एक अर्ब सात करोड ३२ लाख ५६ हजार, शुक्लागण्डकी नगरपालिकाले रु एक अर्ब २८ करोड ३१ लाख तीन हजारको बजेट प्रस्तुत गरेका छन् । देवघाट गाउँपालिकाले रु ५० करोड ६६ लाख ९८ हजार छ सय, आँबुखैरेनी गाउँपालिकाले रु ६३ करोड, बन्दीपुर गाउँपालिकाले रु ४८ करोड ६१ लाख ८४ हजार, म्याग्दे गाउँपालिकाले रु ५५ करोड ५३ लाख ५० हजार, ऋषिङ गाउँपालिकाले रु ५५ करोड २५ लाख २८ हजार र घिरिङ गाउँपालिकाले रु ४३ करोड ७८ लाख ८९ हजार नौ सयको बजेट प्रस्तुत गरेको छ ।

    जिल्लाको पुरानो र ठूलो नगरपालिका व्यासले सबैभन्दा बढी बजेट प्रस्तुत गरेको छ । व्यास नगरपालिकाले चालुतर्फ रु ९० करोड ८६ लाख ९६ हजार र पुँजीगतर्फ रु ६८ करोड ४४ लाख पाँच हजार विनियोजन गरेको उपप्रमुख इन्दिरा दरैले जानकारी दिनुभयो । कूल बजेटको ५७ दशमलव ०४ प्रतिशत चालुतर्फ र ४२ दशमलव ९६ प्रतिशत बजेट पुँजीगतर्फ विनियोजन गरिएको छ ।

    उपप्रमुख दरैका अनुसार आर्थिक विकासतर्फ रु पाँच करोड ९६ लाख १० हजार, सामाजिक विकासतर्फ रु ७१ करोड दुई लाख ९२ हजार, पूर्वाधार विकासतर्फ रु ५३ करोड ५४ लाख ३१ हजार, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु सात करोड १६ लाख ५० हजार, संस्थागत विकास सेवा प्रवाह सुशासनतर्फ रु २१ करोड ६१ लाख १८ हजार बजेट विनियोजन गरिएको छ । राजस्व सङ्कलन कमी, सङ्घ र प्रदेश अनुदान कटौती भएकाले चालु अवस्थामा रहेका योजनामा रु पाँच करोड विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।

    आम्दानीतर्फ सङ्घ सरकारको सशर्त अनुदानबाट रु ५७ करोड २२ लाख, आन्तरिक स्रोतबाट रु १८ करोड एक लाख, सङ्घ सरकारको वित्तीय समानीकरण रु १७ करोड ९९ लाख, सशर्त पुँजीगत अनुदान रु १६ करोड ४४ लाख, राजश्व बाँडफाट रु १५ करोड ४१ लाख ३२ हजार, नगर विकास कोष ऋणबाट रु १० करोड, प्रदेश वित्तीय समानीकरणबाट रु दुई करोड ६० लाख ६८ हजार, सङ्घ विशेष अनुदानबाट रु दुई करोड ५० लाख, प्रदेश सरकार राजश्व बाँडफाँटबाट रु दुई करोड ३३ लाख एक हजार, सङ्घ सरकारको सडक बोर्डबाट रु एक करोड ५० लाख, प्रदेश विशेष अनुदानबाट रु ६० लाख, प्रदेश समपुरक अनुदानबाट रु ६० लाख, जिल्ला समन्वय समिति अनुदानबाट रु ५० लाख र जनसहभागिता रु ५० लाख हुने अनुमान गरिएको छ । नगरपालिकाले कृषि, स्वास्थ्य र पर्यटनलाई प्राथमिकतामा राखेको छ ।

    स्थापनाकालदेखि नगरपालिकाले हासिल गरेका महत्वपूर्ण उपलब्धिको जगमा रही राज्य पुनःसंरचनापछि दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधिले विगतका कामको समीक्षा गर्दै नगरवासीको भरोसालाई ध्यानमा राखेर स्रोतगत सीमालाई मध्यनजर गर्दै नीति तथा कार्यक्रम बनाइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । भानु नगरपालिकाले आगामी आव २०८०÷८१ का लागि रु एक अर्ब सात करोड ३२ लाख ५६ हजारको अनुमानित बजेट प्रस्तुत गरेको छ । उपप्रमुख उमा गोतामेका अनुसार जसमध्ये चालुतर्फ रु ५८ करोड ४४ लाख र पुँजीगततर्फ रु ४८ करोड ८८ लाख ५६ हजार विनियोजन गरिएको छ ।

    आगामी आवका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु १३ करोड ४७ लाख, सङ्घीय विभाज्य कोषबाट प्राप्त हुने राजस्व बाँडफाँट रु १२ करोड ३२ लाख ३१ हजार, सशर्त अनुदान रु ४२ करोड एक लाख, सङ्घीय समपुरक अनुदान रु एक करोड ८५ लाख, सङ्घीय विशेष अनुदान रु दुई करोड, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु एक करोड ८९ लाख ५२ हजार, प्रदेश राजश्व बाँडफाँट रु एक करोड ३५ लाख ७३ हजार, प्रदेश सशर्त अनुदान रु ३० लाख, प्रदेश विशेष अनुदान रु ३० लाख, प्रदेश समपुरक अनुदान रु ५० लाख, आन्तरिक राजस्वबाट प्राप्त हुने रु तीन करोड अनुमान गरिएको छ ।

    स्थानीय सरकारको क्षेत्रभित्रका करको आधार फराकिलो पार्दै आन्तरिक राजस्व वृद्धि गर्न कर तथा गैरकर राजस्वको अधिकतम परिचालन गर्ने नीति लिइएको उपप्रमुख गोतामले बताउनुभयो । उहाँका अनुसार कर तथा गैरकर राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन कानुनी तथा संस्थागत सुधार गर्दै राजस्व सुधार अभियान सञ्चालन गर्ने व्यवस्था मिलाइएको उहाँको भनाइ छ । आर्थिकरुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका नागरिकलाई ध्यानमा राखेर प्रगतिशील कर प्रणाली विकसित गरिने उहाँले बताउनुभयो । शुक्लागण्डकी नगरपालिकाले रु एक अर्ब २८ करोड ३२ लाखको बजेट प्रस्तुत गरेको छ ।

    उपप्रमुख खुमबहादुर विकका अनुसार पूर्वाधारतर्फ रु पाँच करोड ६५ लाख ७० हजार, सामाजिक विकासतर्फ रु तीन करोड ७७ लाख, आर्थिक विकासतर्फ रु एक करोड २५ लाख, वातावरणतर्फ रु एक करोड २५ लाख ७१ हजार, सुशासनतर्फ रु ६२ लाख ८५ हजार विनियोजन गरिएको छ । नगरपालिकाका १२ वडामा कूल रु आठ करोड ३८ लाख सात हजार आठ सय ३८ विनियोजन भएको छ । भिमाद नगरपालिकाले रु ६३ करोड ८९ लाख ५६ हजार आठ सय ७० को बजेट प्रस्तुत गरेकामा चालुतर्फ रु ४३ करोड ९८ लाख ५६ हजार र पुँजीगततर्फ रु १९ करोड ९१ लाख छुट्याएको छ ।

    उपप्रमुख शारदा खनालका अनुसार सामाजिक विकासतर्फ ३४ करोड ६३ लाख, पूर्वाधार विकासतर्फ रु १३ करोड ३७ लाख, सुशासन तथा अन्तरिकतर्फ रु एक करोड ३२ लाख र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च रु दश करोड ८९ लाख विनियोजन गरिएको छ । ऋषिङ गाउँपालिकाले रु ५५ करोड २५ लाख २८ हजार विनियोजन गरेकामा सङ्घीय समानीकरणबाट रु नौ करोड सात लाख, राजस्व बाँडफाँटबाट रु दश करोड १४ लाख चार हजार, सशर्त अनुदानबाट रु २३ करोड ४१ लाख, प्रदेश सशर्त अनुदानबाट रु ६० लाख, विशेष अनुदानबाट रु ७५ लाख, सशर्त अनुदान पुँजीगतबाट रु एक करोड नौ लाख र समानीकरणबाट रु एक करोड २६ लाख आम्दानी हुने अनुमान गरिएको छ ।

    आँबुखैरेनी गाउँपालिकाले रु ६३ करोडको अनुमानित बजेट प्रस्तुत गरेकामा चालुमा रु ३९ करोड १३ लाख ५१ हजार र पुँजीगततर्फ रु २३ करोड ८६ लाख अनुमान गरिएको उपाध्यक्ष दुर्गा अर्यालले जानकारी दिनुभयो । म्याग्दे गाउँपालिकाले रु ५५ करोड ५३ लाख ५० हजारको अनुमानित बजेट प्रस्तुत गरेकामा चालुतर्फ रु २१ करोड ५३ लाख ८५ हजार र पुँजीगततर्फ रु ३२ करोड ५७ लाख ८२ हजार बजेट विनियोजन गरिएको उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।

    जसमध्ये चालुतर्फ ३८ दशमलव ७८ प्रतिशत र पुँजीगततर्फ ५८ दशमलव ६६ प्रतिशत बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले चालुतर्फभन्दा विकासतर्फ प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ । घिरिङ गाउँपालिकाले रु ४३ करोड ७८ लाख ८९ हजार नौ सयको बजेट प्रस्तुत गरेको छ ।

    देवघाट गाउँपालिकाले पूर्वाधारलाई प्राथमिकता दिएर रु ५० करोड ६६ लाख ९८ हजार छ सयको बजेट प्रस्तुत गरेको उपाध्यक्ष भुवनसिं गुरुङले जानकारी दिनुभयो । बन्दीपुर गाउँपालिकाले पर्यटनलाई केन्द्रित गरी रु ४८ करोड ६१ लाख ८४ हजारको बजेट प्रस्तुत गरेको उपाध्यक्ष पञ्चमाया गुरुङले बताउनुभयो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.