काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य बढेको छ। सोमबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ४ सय रुपैयाँ कायम भएको छ। आइतबार प्रति तोला १ लाख १० हजार २ रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, तेजाबी सुनको मूल्य १ लाख ९ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ। यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको छ।
आइतबार चाँदी प्रति तोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको थियो।








