• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ८. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

सबै पालिकाको बजेट घट्दा भरतपुरले बढायो

  •   सोमबार, असार ११, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । जिल्लाका सबै पालिकाले बजेट घटाउँदा भरतपुर महानगरपालिकाको बजेट बढेको छ । अन्य पालिकाहरुमा सङ्घीय बजेट र आन्तरिक आम्दानी घटेपछि आउँदो आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसँगै ल्याइएको बजेट घटाइएको छ । भरतपुर महानगरपालिकाले भने सङ्घीय बजेट र आन्तरिक आम्दानी बढाउने प्रक्षेपणसहित बजेट बढाएको छ । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु ६ अर्ब ३१ करोड ७९ लाख ९० हजारको बजेट सार्वजनिक गरेको छ ।

    भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षको भन्दा रु १० करोड ७० लाख १७ हजार बढी बजेट ल्याएको हो । जिल्लाको राप्ती नगरपालिकाको बजेट आएको छैन । अन्यको बजेट चालु वर्षको तुलनामा आउँदो वर्षका लागि घटेर आएको छ । भरतपुर महानगरपालिकाका आर्थिक प्रशासन महाशाखा प्रमुख जगन्नाथ अर्यालले विभिन्न मूल्याङ्कनहरुमा भरतपुर उत्कृष्ट भएकाले सङ्घीय बजेट बढ्नु र आन्तरिक आम्दानी बढाउने महानगरको रणनीतिका कारण बजेट बढाउन सकिएको बताउनुभयो ।

    जनसहभागिता र श्रमदान बढी हुने अनुमान महानगरको छ । खर्चलाई गौरवका कार्यक्रमका रुपमा अरूले मानेको भन्दै उहाँले भरतपुरले राजस्वको दायरा बढाएर कर चुहावट नियन्त्रण गरेर त्यसलाई गौरवका रुपमा अघि बढाएको बताउनुभयो । विकास निर्माणका काम घटाउन नसक्ने भन्दै उहाँले आन्तरिक राजस्व बढाएर विकास निर्माणका काममा कमी नल्याउने बताउनुभयो । भरतपुर महानगरपालिका वित्त आयोगको कार्यसम्पादन मूल्याङ्कन र स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कनमा उत्कृष्ट भएकाले सङ्घीय बजेट बढेर आएको उहाँले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “हाम्रो चालु खर्च कम र पूँजीगत खर्च बढी छ ।” रत्ननगर नगरपालिकाले रु एक अर्ब ३३ करोड ७२ लाख ७३ हजारको बजेट प्रस्तुत गरेको छ । सो नगरपालिकाले चालु आर्थिक वर्षका लागि रु एक अर्ब ३७ करोड ९८ लाख बजेट विनियोजन गरेको थियो । चालु वर्षको तुलनामा आउँदो वर्षका लागि बजेट घटेको हो । खैरहनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु ९४ करोड ८८ लाख ९५ हजारको बजेट सार्वजनिक गरेको छ । खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षका लागि रु एक अर्ब एक करोड १२ लाख ५१ हजारको बजेट ल्याएको थियो ।

    यस नगरपालिकाले चालु वर्षको भन्दा आगामी वर्षका लागि कम बजेट ल्याएको छ । माडी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु ९६ करोड ६९ लाख दुई हजार चार सय २७ बजेट सहितको नीति तथा कार्यक्रम पारित गरेको छ । चालु आर्थिक वर्षका लागि रु एक अर्ब सात करोड ८० लाख ८२ हजार ७० हजार बजेट ल्याएको थियो । चालु वर्षको तुलनामा आउँदो वर्षका लागि कम बजेट ल्याइएको हो । कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु ८१ करोड ७७ लाख ८० हजार बजेट सार्वजनिक गरेको छ ।

    चालु आर्थिक वर्षका लागि सो नगरपालिकाले रु ८५ करोड ९७ लाख ५१ हजार बजेट ल्याएको थियो । इच्छाकामना गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ६७ करोड सात लाख ७० हजार आठ सय ४६ को बजेट ल्याएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षका लागि रु ६७ करोड ४४ लाख ३५ हजार रहेको थियो । गाउँपालिकाको बजेट चालु आर्थिक वर्षको तुलनामा घटेको हो । जिल्लाका सबै पालिकामा नगरसभामार्फत बजेट आइरहँदा पूर्वी चितवनको राप्ती नगरपालिकामा भने नगरसभा स्थगित भएको छ ।

    नेकपा (एमाले)बाट निर्वाचित वडाअध्यक्षहरुले वडागत बजेट सिलिङ अस्वीकार गरेपछि नगरसभा स्थगित भएको हो । नगरप्रमुख शमशेर लामाले वडाअध्यक्षहरुले बजेट सिलिङको विषयमा अवरोध गरेकाले नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकिएको बताउनुभयो । नगरसभाका लागि धेरै प्रयास ग¥यौँ तर केही वडा अध्यक्षहरु बजेट सिलिङलाई लिएर अवरोध गरेपछि सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो । नगरप्रमुख लामाले असार १८ गते कार्यपालिका बैठक बस्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “कार्यपालिका बैठकपछि मात्रै नगरसभाको टुङ्गो लाग्ने छ ।” यस्तै, अन्य ६ पालिकाले भने नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । भरतपुर महानगरपालिका, रत्ननगर, खैरहनी, माडी, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याएका हुन् ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.