• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ९. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • १०. बिचौलियाको मारमा किसान

नौमती बाजामार्फत जातीय भेदभाव मेटाउँदै महिला

  •   सोमबार, असार ११, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    टङ्कीसिनवारी । नौमती बाजामार्फत जातीय भेदभाव मेटाउन अग्रणीरूपमा यहाँका महिला सक्रिय देखिएका छन् । बाहुन, राई, दलितलगायत समुदायका महिलाले जातीय भेदभाव र छुवाछूतजस्ता सामाजिक विकृतिलाई तोड्दै नौमती बाजा बजाउनका लागि समूह गठन गरेका छन् । इटहरीस्थित तलेजु नौमती बाजा महिला समूहमा ३० महिला आबद्ध छन् । समूहमा मिश्रित समुदायका महिला सहभागी छन् । एकपटक नौमती बाजा बजाएको रू २५ देखि रू ३० हजार लिने गरिएको छ ।

    समूहका महिलाले आफूलाई तीन टोलीमा विभक्त गराई विभिन्न स्थानमा नौमती बाजा बजाउन जाने गरेका छन् । केही समय पहिलेसम्म कुनै एक समुदाय विशेषका पुरूषले मात्र नौमती बाजा बजाउने चलन थियो । उक्त परम्परा तोड्दै जातिय भेदभाव जगाउने उद्देश्यले समुदायका सबैले नौमती बाजा बजाउन थालेका छन् । नौमती बाजामा पुरूष एकाधिकारको अन्त्य गर्दै कतिपय बाहुन, क्षेत्री समुदायका महिलाले पनि बाजा बजाएर आर्थिक आम्दानी गरिरहेका छन् ।

    “नौमती बाजाले विभिन्न जाति र समुदायका महिलाबीच जातीय सौहार्दता कायम गर्न मद्दत गरेको छ”, समूहका सदस्य यमुना बुढाथोकीले भन्नुभयो, “पारम्परिक बाजा बजाएर जीवनयापन गर्ने महिलालाई हेयको दृष्टिले हेर्ने समाजमा अहिले सकारात्मक परिवर्तन आउन थालेको छ ।” उहाँका अनुसार महिला वाद्यवादकलाई समाजले स्वीकार्न सुरू गरेको छ । विवाह, व्रतबन्ध, पास्नीलगायत विशेष अवसरमा पञ्चे र नौमती बाजा बजाएर मनग्य आम्दानी गर्न महिला सफल हुँदै गएका बुढाथोकीको भनाइ थियो ।

    उहाँले समूहका महिलाले शुभकार्यका साथै विभिन्न अवसरमा नौमती बाजा बजाउने गरेका भन्दै बाजा बजाउन समूहका महिलालाई वर्षको आधाजसो समय भ्याइनभ्याइ हुने गरेको सुनाउनुभयो । वैवाहिक कार्यक्रममा नौमती बाजा बजाउन उक्त समूहको एक टोली विराटनगर पुग्दा त्यहाँ महिलाले नौमती बाजा बजाएको देखेर विराटनगरवासीले उत्सुकतापूर्वक हेरेका बुढाथोकीले बताउनुभयो । “समाजमा रहेका विभिन्न जातजातीका महिला आबद्ध भएर महिलाले पनि पुरूषसरह काम गर्न सक्छन् भन्ने सन्देश दिनका एकजुट भएका छौँ”, उहाँले भन्नुभयो, “हाम्रो समूहले सामाजिक सद्भाव कायम गर्दै जातीय भेदभाव अन्त्य गर्ने उद्देश्यले काम गरिरहेको छ ।”

    महिला कमजोर भएर घरै बस्नु हुँदैन भन्ने सोचका साथ आफूले नौमती बाजा बजाउन सिकेको बुढाथोकीको भनाइ थियो । उहाँले सुरूसुरूमा बाजा बजाउँदा समाजका केही अगुवाले बाटो विराए भनेर तर्क गरे पनि अहिले विस्तारै सबैको सोच बद्लिँदै गएको बताउनुभयो । उहाँले कुनै पनि पेसा ठूलो सानो नहुने भन्दै नौमती बाजाले आफूलाई सशक्त हुन प्रेरणा दिएको बताउनुभयो । समूहका अर्का सदस्य गीता कटुवालले ७० वर्षको उमेरमा नौमती बाजा बजाउँदै नाच्दै हिँड्ने गरेको बताउनुभयो । घर बस्नुभन्दा नौमती बाजा बजाउन सिकेर हिँड्दा आम्दानी पनि हुने गरेको उहाँको भनाइ थियो । कटुवालले भोजभतेरमा कतिपयले खानेकुरा छुन नदिने र पर बस भनेर अझै भन्ने गरेको गुनासो गर्नुभयो ।

    “हामी जहाँ जान्छाँै त्यहीँ जातीय सौहार्दता र सामाजिक एकताको सन्देश दिने गरेका छौँ”, उहाँले भन्नुभयो । नौमती बाजा बजाउने टोलीका सदस्यहरु सम्पूर्ण पोखरेल, शशिकला दाहाल, यशोदा सुवेदी, तेजकुमारी राई, कविता राईले कोरोनाकालमा घरमै बसेका बेला आय आम्दानी नहुँदा जीविकोपार्जनमा समस्या परेको बताउनुभयो । “महिलाले पनि कमाएर खान सक्छन् भनेर सन्देश दिनका लागि घर छिमेक र समुदायका महिला मिलेर नौमती बाजा बजाउन सिकी व्यावसायिक रुपमा बाजा बजाउन थालेका छौँ”, कविता राईले भन्नुभयो ।

    सुरूमा घरपरिवार र समाजले हेयको दृष्टिले हेरे पनि सामाजिक सदभाव जगाउँदै जातीय भेदभाव अन्त्यका लागि महिला एकजुट भएर काम गरिरहेको उहाँको भनाइ थियो । समूहका सदस्यले कुनै पनि काम सानो वा ठूलो नहुने भन्दै जातपातका नाममा हुने भेदभावबाट समाज मुक्त हुनुपर्नेमा जोड दिँदै जातीय एकताका लागि पनि एकजुट भएर नौमती बाजा बजाउन थालिएको बताएका छन् ।

    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.