• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ४. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ५. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • ६. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

  • ७. बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

  • ८. हेटौँडामा ४२ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

  • ९. न्युजरुममा प्रहरी हस्तक्षेप गलत, प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारलाई रास्वपाको निर्देशन

  • १०. देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

सूर्यविनायकमा ‘घरेलु, कृषि तथा पर्यटन’ मेला

  •   बिहिबार, असार १४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    भक्तपुर । सूर्यविनायक नगरपालिकाले धान दिवसका अवसरमा तीनदिने ‘सूर्यविनायक घरेलु, कृषि तथा पर्यटन मेला–२०८०’ आयोजना गर्ने भएको छ । नगरपालिकाले आज मेलास्थल जगातिस्थित तरकारी बजारमा आयोजना गरेको पत्रकार सम्मेलनमा नगरपालिकाका प्रमुख वासुदेव थापाले कृषि र पर्यटनको विकास गर्ने लक्ष्यका साथ मेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो । उहाँले धान दिवसका अवसरमा असार १५ गते बिहान १०ः०० बजे मेलाको उद्घाटन गरिने जानकारी दिनुभयो ।

    मेला १७ गते साँझसम्म सञ्चालन हुनेछ । ‘दिगो विकास व्यवस्थित सहरः स्वच्छ समृद्ध सूर्यविनायक नगर’ भन्ने नगरपालिकाको नारालाई सार्थक बनाउँदै दीर्घकालीनरूपमा कृषि, घरेलु उद्योग र पर्यटनलाई मुख्य आर्थिक मेरुदण्ड बनाउने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको प्रमुख थापाले बताउनुभयो । “सूर्यविनायकले पहिलोपटक यस्तो मेला आयोजना गर्दैछ । नगरपालिकाको समग्र आर्थिक विकासको रूपमा रहेका घरेलु तथा साना उद्योग, कृषि र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्दै कृषिलाई पर्यटनसँग जोडेर यहाँका उत्पादनलाई सिधै बजार र उपभोक्तासँग जोडने उद्देश्यले मेलाको आयोजना गर्न लागेका हौँ ।”

    पत्रकार सम्मेलनमा नगरपालिकाकी उपप्रमुख सरिता भट्टराईले कृषि र पर्यटन क्षेत्रमार्फत सूर्यविनायक नगर क्षेत्रको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका साथै दिगो विकासको लक्ष्य हासिल गर्न मेलाले टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । मेलाबाट स्थानीय उद्योगी तथा व्यवसायीको सञ्जाल विस्तार हुने बताउँदै स्थानीय मौलिक उत्पादन तथा वस्तुको स्थानीय, प्रादेशिक तथा राष्ट्रिय हुँदै अन्तर्राट्रियस्तरसम्म पुहुँच अभिवृद्धि गर्दै कृषिलाई पर्यटन उद्योगसँग जोडेर लैजाने उहाँले बताउनुभयो ।

    कार्यक्रममा नगरपालिकाका प्रवक्ता रवीन्द्रप्रसाद सापकोटाले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै मेलामा घरेलु उद्योगका परम्परागत तथा मौलिक उत्पादन र सीपलाई उजागर गरिने बताउनुभयो । मेलामा नगरपालिका भित्रका लघु, घरेलु साना उद्यमी एवं महिला उद्यमीको उत्पादन, स्वदेशी औद्योगिक वस्तु उत्पादन गर्ने उद्योगी व्यावसाय, स्थानीय मौलिक उत्पादन जुजु धौ, ताइचिन चिउरा, भादगाउँले टोपी, माटाका भाँडाकुँडाका उत्पादन, कृषि उत्पादन, प्रविधि, हस्तकला तथा काष्ठकलाका उत्पादन, पर्यटन उद्योगका उत्पादन, मौलिक नेवारी खाजा, समयबजी, यमरी, चटामरी, बारासहितको फुट फेस्टिबल हुने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार मेलामा मौलिक एवं परम्परागत सांस्कृतिक प्रस्तुति, स्थानीय गायक–गायिकाको साङ्गीतिक प्रस्तुति पनि हुनेछ । प्रवक्ता सापकोटाका अनुसार मेलामा ९० वटा निःशुल्क स्टलको व्यवस्था गरिएको छ । मेलामा पचास हजारभन्दा बढी सहभागीले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ६.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.