• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

चितवनमा प्रहरीद्वारा राखियो स्थानीय तहहरुमा सुझाव पेटिका

  •   बिहिबार, असोज ०१, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । प्रहरी तथा प्रहरी कर्मचारीहरुसँग सम्बन्धित गुनासो र सुझावहरु संकलन गर्न आज चितवनका स्थानीय तहहरुमा सुझाव पेटिका राखिएको छ । सो सुझाव पेटिका राख्दै चितवनका प्रहरी प्रमुख (एस.पी.) नान्तीराज गुरुङले प्रहरीसँगका गुनासा र सुझावहरु सर्वसाधारणले सहजै रुपमा राख्न सकुन् भन्ने उद्देश्यले हरेक स्थानीय तहमा सुझाव पेटिका राखिएको बताउनु भयो । राप्ती नगरपालिकामा सुझाव पेटिका राख्दै जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख गुरुङले प्रहरीको बारेमा सुझाव, गुनासो र अपेक्षा राख्न सर्वसाधारणलाई यस अगाडि असहज भएको महसुस गर्दै बाग्मती प्रदेश प्रहरी कार्यालयको सो अभियान अन्तर्गत सुझाव पेटिका राखिएको उहाँले बताउनुभयो । प्रहरीका बारेमा गुनासा, अपेक्षा र सुझावहरु परिचय गोप्य राखेर समेत पठाउन सकिने उहाँले बताउनुभयो । हरेक स्थानीय तहमा संकलन भएका सुझावहरुलाई स्थानीय जनप्रतिनिधिको रोहवरमा संकलन गरी काम कारवाही अगाडि बढाउने उहाँको भनाइ थियो । प्रहरीले घटनाको अनुसन्धान, शान्ति सुरक्षा तथा हरेक गतिविधिमा समुदायको सहयोग विना काम गर्न नसक्ने भन्दै सबैको साथ र सहयोगले समुन्नत समाज निर्माण गर्न सकिने गुरुङले बताउनुभयो । साथै उहाँले जिल्ला प्रहरी कार्यालय चितवनको फोन नं. ०५६–५२०१५५ मा महिला, बालबालिका लगायत विभिन्न विषयमा जानकारी, उजुरी, गुनासो समेत दिन सकिने बताउनुभयो । सो टेलिफोनमा परिचय गोप्य राखेर सूचना दिनेहरुलाई समेत मध्यनजर गर्दै टेलिफोनको कलर आई.डी. समेत हटाइएको उहाँले बताउनुभयो । राप्ती नगरपालिकामा आयोजित सुझाव संकलन पेटिका राख्ने क्रममा नगर प्रमुख प्रभा बरालले प्रहरीले आफ्नो बारेमा सुझाव लिने र अपेक्षा संकलन गर्नु साह्रै नै महत्वपूर्ण काम भएको बताउनुभयो । सबै प्रहरी, कर्मचारी खराब नभएको भन्दै उहाँले केही खराबका कारण सबै बद्नामी हुने अवस्थाको अन्त्य हुन पनि सुझाव संकलनले मद्दत पुग्ने बताउनुभयो । प्रहरी प्रतिको आरोप र यथार्थताको कडीको रुपमा पनि सुझाव पेटिकालाई आफूले लिएको उहाँले बताउनुभयो । सो अवसरमा इलाका प्रहरी कार्यालय भण्डाराका प्रमुख प्रहरी निरीक्षक शुशिल कुमार पाण्डे, राप्ती नगरपालिका वडा नं. १० का वडा अध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता अमर बहादुर तमाङ, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार कंडेल, वडा अध्यक्ष, सदस्य लगायत स्थानीयहरुको समेत सो कार्यक्रममा उपस्थिती रहेको थियो ।  त्यसैगरी कालिका नगरपालिकामा पनि प्रहरीद्वारा सुझाव पेटिका राखिएको छ । इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले सो सुझाव पेटिका राख्दै प्रहरी प्रतिका गुनासो र सुझावहरु निर्धक्क रुपमा राख्न स्थानीयहरुलाई अनुरोध गर्नुभएको थियो । सो कार्यक्रममा कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले प्रहरीले सुझाव संकलन गरी आफ्ना गुनासाहरु समाधान गर्न लागेकोमा प्रशंसा गर्नुभएको थियो । सो अवसरमा विभिन्न वडाका वडा अध्यक्षहरु तथा स्थानीयहरुको सहभागिता रहेको थियो ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.