• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • २. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ३. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ६. बिचौलियाको मारमा किसान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

तनहुँका दुई स्थानीय तहको बजेट पारित

  •   सोमबार, असार १८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    दमौली । तनहुँका दश स्थानीय तहमध्ये दुई स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट, नीति तथा कार्यक्रम पारित गरेका छन् । असार १० गते एकै दिन चार नगरपालिका र छ गाउँपालिकाले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकामा भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाले बजेट पारित गरेका छन् । अन्य आठ स्थानीय तहको बजेट पारित हुन बाँकी छ । भिमाद नगरपालिकाले आगामी वर्षका लागि रु ६३ करोड ८९ लाख ५६ हजार आठ सय ७० को बजेट पारित गरेको छ ।

    पारित बजेटमध्ये चालुतर्फ रु ४३ करोड ९८ लाख ५६ हजार र पूँजीगततर्फ रु १९ करोड ९१ लाख विनियोजन गरिएको छ । नगरपालिकाका उपप्रमुख शारदा खनालका अनुसार सामाजिक विकासतर्फ ३४ करोड ६३ लाख, पूर्वाधार विकासतर्फ रु १३ करोड ३७ लाख, सुशासन तथा अन्तरिकतर्फ रु एक करोड ३२ लाख र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्च रु १० करोड ८९ लाख विनियोजन गरिएको छ । आम्दानीतर्फ आन्तरिक स्रोतबाट रु एक करोड ८० लाख, राजस्व बाँडफाँटबाट रु १३ करोड ५० लाख ३५ हजार सात सय, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट रु ४४ करोड ७९ लाख १३ हजार, प्रदेश सरकारमार्फत रु दुई करोड ८७ लाख १३ हजार आम्दानी हुने अनुमान गरिएको छ ।

    नगरपालिकाले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट बनाएको नगरप्रमुख दधिराज सुवेदीले जानकारी दिनुभयो । म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि रु ५५ करोड ५३ लाख ५० हजारको बजेट पारित गरेको छ । गाउँपालिकाले चालुतर्फ रु २१ करोड ५३ लाख ८५ हजार र पूँजीगततर्फ रु ३२ करोड ५७ लाख ८२ हजार बजेट विनियोजन गरेको उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो । जसमध्ये चालुतर्फ ३८ दशमलव ७८ प्रतिशत र पूँजीगततर्फ ५८ दशमलव ६६ प्रतिशत बजेट विनियोजन गरिएको छ । गाउँपालिकाले चालुतर्फभन्दा विकासतर्फ प्राथमिकताका साथ बजेट विनियोजन गरेको छ ।

    आम्दानीतर्फ सङ्घीय सरकारबाट वित्तीय समानीकरणबाट रु नौ करोड, ससर्त अनुदानबाट रु ८० लाख, राजस्व बाँडफाँडबाट रु ३२ लाख, विशेष अनुदानबाट रु एक करोड पाँच लाख, समानीकरणबाट रु ५० लाख प्राप्त हुने अनुमान गरिएको छ । गण्डकी प्रदेश सरकारबाट वित्तीय समानीकरणबाट रु एक करोड २१ लाख, राजस्व बाँडफाँडबाट रु ४० लाख, विशेष अनुदानबाट रु ५० लाख, ससर्त अनुदानबाट रु एक करोड प्राप्त हुने अनुमान गरिएको छ । गाउँपालिकाको आन्तरिक आम्दानीबाट रु सात करोड ४२ लाख हुने अनुमान गरिएको छ ।

    गाउँपालिकाले पूर्वाधार विकासतर्फ रु १८ करोड ३६ लाख, आर्थिक विकासतर्फ रु चार करोड ५५ लाख, सामाजिक विकासतर्फ रु १९ करोड ६१ लाख ८५ हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु एक करोड, सुशासन र संस्थागत विकासतर्फ रु ११ करोड बजेट विनियोजन गरेको छ । समृद्ध गाउँपालिका निर्माण गर्ने ध्येयका साथ प्रस्तुत गरिएको बजेटको सबै पक्षबाट कार्यान्वयनमा सहयोग हुने घिमिरेले बताउनुभयो । जिल्लाका दश पालिकाले रु सात अर्ब ७५ करोड ७० लाख ६७ हजार तीन सय ७० को बजेट ल्याएका छन् ।

    अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह
    तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु
    आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    लोकप्रिय

    • १.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • २.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ३.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.