हेटौंडा । मकवानपुरको भीमफेदीमा पहिरो जाँदा हेटौंडा-काठमाण्डौ जोड्ने छोटो दूरीको राजमार्ग अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिकाको वडा नंबर १ सानुटार नजिक पहिरो गएको हो । पहिरोले सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् । गएराति देखि परेको वर्षाले पहिरो गएको हो । आज पनि मकवानपुर सहित देशको विभिन्न स्थानमा वर्षा भईरहेको छ । पहिरो पन्छाउने काम भईरहेको छ ।








