चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको केरावारीमा खसेको पहिरो पन्छाए संगै सडक सञ्चालनमा आएको छ । बिहान १०ः१० वजेबाट सडक सञ्चालनमा आएको हो । सो ठाउँमा बिहान ५ः३० वजे पहिरो खसेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार पहिरोले भतेरी, दाशढुङ्गा र सत्र किलोमा एक तर्फी सडक सञ्चालनमा आएको छ, अवको आधा घण्टा या एक घण्टामा सो क्षेत्र पनि दुई तर्फी सञ्चालनमा आउने भट्टले बताउनु भयो । अन्य सबै ठाउँमा दुई तर्फी खुलाईएको छ । पहिरोका कारण सो सडक खण्ड हुँदै चल्ने सवारी साधन सडक सञ्चालनमा आए संगै गन्तव्य तर्फ लागेका छन् । सो सडकमा सोमबार राती देखि पटक पटक पहिरो खस्दै आएको छ ।








