• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ५. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

रत्ननगरद्वारा तीन हजार पाँच सय परिवारको स्वास्थ्य बीमा

  •   बिहिबार, असार २१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले यस आर्थिक वर्षमा तीन हजार पाँच सय परिवारको स्वास्थ्य बीमा गरेको छ । एक परिवारलाई रु तीन हजार पाँच सयका दरले बीमा गरेको हो । नगरपालिकाका प्रमुख प्रह्लाद सापकोटाका अनुसार यसबाट रु १७ हजार पाँच सयजना प्रत्यक्ष्य लाभान्वित भएका छन् । उहाँले भन्नुभयो, “एउटा परिवारको पाँच जनालाई बीमाले समेट्छ ।” बीमाका लागि नगरपालिकाले रु एक करोड २२ लाख ५० हजार बजेट विनियोजन गरी बीमा गराएको थियो ।

    नगरपालिकाले विपन्न परिवारको बीमा गराएको हो । वडा कार्यालयले विपन्न भएकाको तथ्याङ्क लिएर प्रमाणित गरेकालाई बीमा गराइएको हो । यस कार्यक्रमलाई अझ व्यवस्थित बनाएर नागरिकको साझेदारीमा आउँदो वर्ष निरन्तरता दिने उहाँले जानकारी दिनुभयो ।

    नगरपालिकाले बीमा नसमेटिएका विपन्नलाई लक्षित गरी रु ३० लाखको छुट्टै विपन्न कोषसमेत बनाएको छ । रत्ननगरस्थित बकुलहर अस्पतालमा उपचार गराउन आउने बिरामीका लागि सो कोषबाट सहयोग गर्ने गरिएको छ । रु. १० हजारसम्म कोषबाट सोझै उपचार गरिदिने व्यवस्था छ । उहाँले भन्नुभयो, “रु १० हजारभन्दा बढी खर्च हुने अवस्थामा कार्यपालिका बैठकले निर्णय गरेर विपन्नको हामीले उपचार गर्दै आएका छौँ ।”

    नगरभित्रका नागरिकले आर्थिक अभावमा उपचार सेवाबाट वञ्चित हुन नपरोस् भन्नेमा नगरपालिका सजग रहेको उहाँले बताउनुभयो । आफ्नो तलब भत्तासमेत विपन्नहरुको सेवामा खर्च गर्दै आउनुभएका प्रमुख सापकोटाले आउँदो वर्ष प्राविधिक विषय पढ्ने १० विद्यार्थीलाई ५० प्रतिशत खर्चसमेत व्यहोर्न लागिएको बताउनुभयो । उहाँका अनुसार नर्सिङ, एचए लगायतको शिक्षा लिन चाहेर पनि आर्थिक अभावमा अवसर नपाएका सरकारी विद्यालय अध्ययन गरेका जेहेन्दार विद्यार्थीलाई यो कार्यक्रममा समावेश गरिँदै छ ।

    नगरपालिकाले अतिविपन्न, अपाङ्गता, दीर्घरोगी तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई परिवारको अवस्था हेरी साझेदारीमा स्वास्थ्य बीमाको नयाँ दर्ता तथा नवीकरणको व्यवस्था गर्ने भएको छ । आगामी आर्थिक वर्षबाट यो कार्यक्रम लागू गर्न लागिएको हो । असी वर्ष र सोभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरघरमा स्वास्थ्यकर्मी पठाइ मधुमेह, उच्च रक्तचाप जस्ता रोगको परीक्षण गर्दै आएको छ । आगामी वर्षबाट ६८ वर्षमाथिका ज्येष्ठ नागरिक तथा अपाङ्गलाई लक्षित गरी कम्तीमा वर्षमा दुई पटक घरमै पुगेर स्वास्थ्य परीक्षण गरिने भएको छ ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ५.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.