• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ४. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ५. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ६. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ७. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ८. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

दुग्ध उत्पादक कृषकलाई अनुदान

  •   आइतबार, असार २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    दमौली । तनहुँको म्याग्दे गाउँपालिकाले दूध उत्पादक कृषकलाई उत्पादनका आधारमा अनुदान उपलब्ध गराएपछि कृषक उत्साहित भएका छन् । गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउने उद्धेश्यसहित पालिकाले उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएपछि कृषक खुशी भएका हुन् । म्याग्दे गाउँपालिका–३ निवासी नवराज घिमिरेले चालु आर्थिक वर्षमा नौ हजार तीन सय ९४ लिटर दूध उत्पादन गर्नुभयो । गाउँपालिकाले उहाँलाई प्रतिलिटर नौ रुपैयाँ २० पैसाका दरले रु ८६ हजार चार सय २४ अनुदान प्राप्त गर्नुभयो ।

    उहाँले भन्नुभयो, “गाउँपालिकाको यो कामले कृषकको हौसला बढाएको छ । जति धेरै उत्पादन गर्न सक्यो त्यति हामीलाई फाइदा छ ।” उहाँले यो कार्यलाई निरन्तरता दिन गाउँपालिकालाई आग्रह गर्नुभयो । गाउँपालिकाको पशु सेवा शाखाको दूधमा अनुदान कार्यक्रमअन्तर्गत उत्पादनका आधारमा पालिकाले चालु आर्थिक वर्षमा कृषकलाई रु १४ लाख रु ९८ हजार पाँच सय ८२ अनुदान रकम उपलब्ध गराएको छ । गाउँपालिकाले प्रतिलिटर नौ रुपैयाँ २० पैसाका दरले उत्पादनका आधारमा अनुदान दिने नीतिबमोजिम तीनवटा सहकारीमा आबद्ध कृषकलाई उत्पादनका आधारमा अनुदान रकम वितरण गरिएको छ ।

    म्याग्दे दुग्ध उत्पादक सहकारी संस्थामार्फत दूध बिक्री गर्ने कृषकलाई रु ११ लाख २१ हजार एक सय ८५, गौसेवा दुग्ध उत्पादक सहकारीमार्फत दूध बिक्री गर्ने कृषकलाई रु दुई लाख १२ हजार दुई सय ३२ र साँगे चारहजार दुग्ध उत्पादक सहकारीमार्फत दूध बिक्री गर्ने कृषकलाई रु एक लाख ६५ हजार एक सय ६३ रकम वितरण गरिएको पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिनुभयो । म्याग्दे दुग्ध उत्पादक सहकारीले चालु आर्थिक वर्षमा एक लाख २१ लाख आठ सय ६८ लिटर, गौसेवा दुग्ध उत्पादक सहकारीले २३ हजार ६८ र साँगे चारहजार दुग्ध उत्पादक सहकारीले १७ हजार नौ सय ५२ लिटर दूध उत्पादन गरी बिक्री गरेको हो ।

    चालु आर्थिक वर्षमा गाउँपालिकाबाट एक लाख ६२ हजार आठ सय ८९ लिटर दूध उत्पादन भएको छ । दूधमा अनुदान कार्यक्रममार्फत म्याग्दे सहकारीका ५५, गौसेवा सहकारीका १० र साँगे चारहजार सहकारीका २२ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । गाउँपालिकाभित्रका कृषकले उत्पादन गरेको दूध छिमेकी पालिकाका सहकारीमार्फत बिक्री वितरण गर्दा पनि गाउँपालिकाले अनुदान उपलब्ध गराउँदै आएको शाहले बताउनुभयो ।

    कृषि र पशुपालन क्षेत्रलाई अझै व्यवस्थित गर्दै लैजाने बताउँदै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले कृषि तथा पशुपालन व्यवसाय गर्ने कृषकलाई प्रोत्साहन गरिने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “गाउँपालिकालाई दूधमा आत्मनिर्भर बनाउन उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएका हौँ । यसले गर्दा दुग्ध उत्पादक कृषक पेसाप्रति आकर्षित र उत्साहित भएको पाएका छाँै ।” उपाध्यक्ष बालकृष्ण घिमिरेले दूधको विभिन्न परिकार उत्पादन गरी बजारीकरण गर्न सकिने बताउँदै दूधको खुवा बनाएर विद्यार्थीलाई दिवा खाजास्वरुप प्रदान गर्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।

    दूग्ध उत्पादक कृषकलाई प्रोत्साहनका लागि गाउँपालिकाले आगामी आव २०८०÷८१ मा पनि उत्पादनमा आधारमा अनुदानको नीतिलाई निरन्तरता दिएको पशु सेवा शाखा प्रमुख डा शाहको भनाइ छ । उहाँका अनुसार थुनेलो परीक्षण तथा उपचार शिविर, घाँसको नर्सरी स्थापना कार्यक्रम सञ्चालन गरिनेछ ।

    म्याग्दे दुग्ध उत्पादक सहकारी संस्थाका कार्यवाहक अध्यक्ष नवराज घिमिरेले पालिकाको पशु सेवा शाखामार्फत उपलब्ध अनुदान कार्यक्रम, सुत्केरी पोषण खर्च, पशु बीमा, अन्तर जिल्ला ढुवानीलगायतले दुग्ध उत्पादक कृषकलाई सहयोग पुगेको बताउनुभयो ।

    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो
    दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ४.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ५.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ६.
      हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.