• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • २. चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

  • ३. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ४. निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

  • ५. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • ६. विदेशी फूलको आयात रोक्न किसानको माग

  • ७. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

  • ८. दमौलीका दुई युवाद्वारा सयपत्री फूलखेती सुरु

  • ९. चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

  • १०. परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

तनहुँमा नमूना पशुपक्षी अस्पताल बन्दै

  •   आइतबार, असार २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    डुम्रे । भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा नेपालकै ‘नमूना पशु अस्पताल’को निर्माण भइरहेको छ । पशुपक्षीको रोग पहिचान, अनुसन्धान र उपचारका लागि अत्याधुनिक अस्पताल निर्माण गर्ने काम भइरहेको छ । नेपालकै नमूना पशुपक्षी अस्पताल बनाउनका लागि गरिएको प्रस्ताव स्वीकृत भई काम भइरहेको हो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले गरेको प्रस्ताव गण्डकी प्रदेश सरकारले स्वीकृत गरी बजेट विनियोजन गरेपछि निर्माणको काम भइरहेको विज्ञ केन्द्रले जनाएको छ ।

    केन्द्रका अनुसार हाल केन्द्रमा सामान्य किसिमको प्रयोगशाला मात्र रहेकाले नयाँ प्राकृतिक रोग देखिएमा पत्ता लगाई निदान गर्न धेरै समय लाग्ने र काठमाडौँ पठाउनुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्यले अस्पताल निर्माण भइरहेको छ । गण्डकी प्रदेश सरकारको रु चार करोड ९० लाखको लागतमा डेढ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी इको बिल्र्डस प्रालि चितवनले ठेक्का सम्झौता गरेको थियो । आगामी पुसभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सहरी विकास तथा भवन निर्माण एकाइ कास्कीले काम गरिरहेको भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

    उहाँका अनुसार हालसम्म ६० प्रतिशतभन्दा बढी निर्माण भइसकेको छ । पशुपक्षीमा जटिल प्रकारको रोगको उपचार, विभिन्न रोगका बारेमा अनुसन्धान केन्द्रको रूपमा विकास गर्न ‘मोडेल’को रूपमा अस्पताल बनाउने कार्य अघि बढेको केन्द्रका प्रमुख डा श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बहुवर्षीय योजनाअन्तर्गत रु १० करोडको लागतमा अस्पतालको अन्य भौतिक संरचना विस्तार गर्दै लैजाने लक्ष्य रहेको छ । देशकै ७७ जिल्लामध्ये पहिलो चरणमा कास्की र तनहुँमा पशु अस्पताल निर्माण भइरहेको उहाँले बताउनुभयो ।

    अस्पतालको भवन निर्माणपश्चात आधुनिक उपकरण जडानसहित दक्ष जनशक्तिले पशुपक्षीको उपचार गर्नेछन् । भवनको भुइँतलामा व्यवस्थित प्रयोगशाला, भिडियो एक्स–रेका साथै प्राविधिक जनशक्तिको व्यवस्था गरिने सो केन्द्रले जनाएको छ । अस्पताल निर्माणपछि साना तथा ठूला पशु तथा चराचुरुङ्गीको अत्याधुनिक प्रविधिबाट उपचार गर्न सकिनेछ । केन्द्रका प्रमुख डा श्रेष्ठले भन्नुभयो, “प्रविधि तथा भौतिक पूर्वाधारको अभावले गर्दा कार्यालयको नामअनुसारको काम गर्न कठिन भएको बेला नमूना अस्पताललाई काम गर्न सहयोग पुग्नेछ, पशुपक्षीलाई जटिल रोग लागेमा पोखरा, काठमाडौँ पठाउनुपर्ने बाध्यता पनि हट्नेछ ।”

    नमूना अस्पताल सञ्चालन हुनासाथ पशुबाट मानवमा सर्ने विभिन्न रोगको न्यूनीकरण गर्न, महामारीजन्य रोग फैलन नदिन तथा पशुधनको सुरक्षा गर्न मद्दत पुग्ने उहाँले बताउनुभयो । यसलाई तालिम केन्द्रको रूपमा विकास गर्न सकिने केन्द्रका प्रमुख डा श्रेष्ठले बताउनुभयो । महामारी रोग द्रुतगतिमा फैलन सक्ने भएकाले नियन्त्रणको लागि पशुपक्षी पालनमा अग्रणी जिल्लाका रूपमा चिनिएको तनहुँका अतिरिक्त कास्की, लमजुङ, गोरखा, र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का पशुपक्षीको उपचार गर्न सहज हुने केन्द्रले जनाएको छ । बहुवर्षीय योजनाअन्तर्गत अस्पतालको भौतिक संरचना विस्तार गर्दै लैजाने योजना रहेको उहाँले बताउनुभयो ।

    पहिलो चरणमा ढलानसहितको तीनतले भवन निर्माण गर्न गरिनेछ । अस्पतालको भवन निर्माणपश्चात आधुनिक उपकरण जडानसहित दक्ष जनशक्तिद्वारा पशुपक्षीको उपचार गरिनेछ । पशुमा लाग्ने महामारीजन्य रोग निदान गरी क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो । “महामारीजन्य रोग पहिचान तथा न्यूनीकरण गर्न सकिए कम्तीमा २० प्रतिशतले पशुको क्षति कमी हुने र किसानको आम्दानी बढाउन सकिन्छ”,उहाँले भन्नुभयो ।

    उहाँले नमूना पशु अस्पतालमा पशुपक्षीको रोग निदान, नियन्त्रण र उपचारका लागि सहज हुने बताउनुभयो । सामग्री तथा औजरको अभावमा पशुपक्षीको हचुवाको भरमा उपचार गर्नुपर्ने अवस्थाको अन्त्य हुने उहाँको विश्वास छ । पशु धनलाई क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रमलाई प्राथमिकतामा राखिएको केन्द्रका प्रमुख डा श्रेष्ठले बताउनुभयो । “पशुमा सहजै नदेखिने जुका, माटे, चरचरेजस्ता रोगले दूध तथा मासु उत्पादन हुन्छ, यसमा आँखाले नदेख्ने किटाणु रहेका हुन्छन्”, उहाँले भन्नुभयो, “यहाँ निर्माण हुने अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट पशुमा लाग्ने रोगको निदान गरी समयमा औषधोपचार गर्न सकिन्छ, जसले गर्दा ती पशुबाट हुने उत्पादनमा बढाउनेछ र किसानको आम्दानी वृद्धि गर्न सकिन्छ ।”

    अस्पताल निर्माणपछि तनहुँलगायत लमजुङ, गोरखा र नवलपरासी जिल्लाका पशुपालक किसान लाभान्वित हुनेछन् । करिब छ सय पाँच वर्गमिटर क्षेत्रफलमा दुई ब्लक गरी भवन निर्माण कार्य भइरहेको छ । भवनको तल्लो तलामा पशुपक्षीका लागि एक्स–रे, भिडियो एक्स–रे, प्रयोगशाला, शव परीक्षणलगायतका सेवा कक्ष र प्रविधिक जनशक्ति रहने व्यवस्थासहितको भवन निर्माण हुनेछ भने पहिलो र दोस्रो तलामा प्रशासनिक कार्यालय, प्रयोगशाला, बैठक हल, तालिम हललगायत रहनेछन् ।

    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    लोकप्रिय

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • २.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले

    • ३.
      एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

    • ४.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता

    • ५.
      अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे

    • ६.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    भर्खरै

    • १.
      तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट

    • २.
      चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन

    • ३.
      परराष्ट्रमन्त्री खनालसँग युरोपेली सङ्घका नवनियुक्त राजदूतको शिष्टाचार भेट

    • ४.
      मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछः मन्त्री गौतम

    • ५.
      कांग्रेस देउवा समूहको २६ जिल्लामा अधिवेशन सकियो

    • ६.
      चितवनमा ६ लाखभन्दा बढी मूल्यका पटाका बरामद, दुई जना पक्राउ

    • ७.
      एक करोड २० लाख बिगोका बैंकिङ कसुरका प्रतिवादी पक्राउ

    • ८.
      एमाले अध्यक्ष ओलीलाई प्रचण्डको प्रश्तावः देश असाधारण संकटमा छ, पूर्वाग्रह र सङ्कीर्णताबाट मुक्त भएर एकतावद्ध होऔँ

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.