हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिकाको वडा नंबर ९ रजैयामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चितवनबाट हेटौंडा तर्फ आउँदै गरेकोे बा ३ ख ९६६४ नंबरको मिनिबस र हेटौंडाबाट चितवन तर्फ जाँदै गरेको ना ४९ प २४०० नंबरको मोटरसाईकल एक आपसमा ठोकिदाँ दुर्घटनामा मोटरसाईकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक भरतपुर महानगरपालिका वडा नंबर ७ का २९ वर्षीय दिपेन्द्र अधिकारी रहोको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता ईन्द्र बहादुर रानाले बताए । मिनिबस र चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।








