काठमाडौँ । ललितपुर महानगरको जावलाखेल क्षेत्रमा एकै साथ चारवटा पार्क निर्माण हुने भएका छन् । यी पार्क ललितपुर महानगरको नगरस्तयरीय गौरवशाली आयोजना अन्तर्गत बन्न लागेका हुन् । पार्कको शनिवार आज ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरे । चिल्ड्रेन पार्क, मिडल पार्क, पिस पार्क र गणेशमान सिंह पार्क नाम दिइएको यी पार्कहरु कुल २६ आना ३ पैसा जग्गामा निर्माण हुने छन् । यी पार्कको कुल लागत ७८ लाख ४८ हजार रहेको महानगरपालिकाले जनाएको छ । ललितपुर महानगरपालिकाले लगनखेल, कुमारीपाटीको प्रसादी एकेडेमी नजिकै पार्क निर्माणको तयारी गरिरहेको छ ।








