चितवन । चितवनको भरतपुरमा करेन्ट लागेर शनिबार एक जनाको मृत्यु भएको छ । कपडा सुकाउने क्रममा भरतपुर ३ स्थित एक ब्लक उद्योगमा कार्यरत कामदारको मृत्यु भएको हो । त्रिशक्ति कंक्रिट एड ब्लक कम्पनि भित्र कपडा सुकाउने तारमा कपडा सुकाउने क्रममा पाल्पा मायागडी गाउँपलिका ८ घर भई सोही कम्पनिमा कार्यरत बर्ष २७ का प्रेम रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता सुर्य थापाले जानकारी दिए । करेन्ट लागेर गंभिर घाइते भएका उनको उपचारका क्रममा अपरान्ह १६:१८ बजेको समयमा मृत्यु भएको हो ।








