धादिङ । आइतबार बिहान त्रिशूली नदीमा पेट्रोल बोकेको ट्याङ्कर खस्दा चालक र सह–चालक सम्पर्क विहिन भएका छन्। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका–६ चरौँदीबाट त्रिशूली नदीमा पेट्रोल बोकेर काठमाडौं जाँदै गरेको ना ४ ख २८२२ नम्बरको ट्याङ्कर त्रिशुलीमा बस खस्दा चालक र सह– चालक सम्पर्क विहिन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङले जनाएको छ । नदीमा खसेको ट्याङ्करमा आगलागी भएको जनाइएको छ। सम्पर्क विहिन भएकाको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।








