हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा २५ वेडको आइसोलेसन संचालनमा ल्याईएको छ । कोरोना संक्रमितको संख्या बढे संगै आइसोलेसन संचालनमा ल्याईएको गाउँपालिकाका स्वास्थ्य संयोजक विजय कुमार कापरीले खबरब्रेकलाई बताए । उनले शुक्रबारबाट २५ वेडको आइसोलेसन संचालनमा आएको बताए । हाल आइसोलेसनमा २ संक्रमित उपचाररत रहेको उनले बताए । उनका अनुसार हालसम्म गाउँपालिकामा १६ जनामा कोरोना संक्रमण पुष्टि भएकामा ४ जना संक्रमण मुक्त भईसकेका छन् । बाँकी संक्रमितमा ६ जना होम आइसोलेसन,२ जना मनहरी स्थित आइसोलेसन,हेटौंडा र काठमाण्डौ स्थित आइसोलेसनमा एकरएक जना गरी १२ जना उपचाररत रहेका छन् । संकमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताईएको छ ।








