चितवन । कोरोना भाइरसको जोखिमका कारण जीवीकोपार्जनमा समस्यामा परेका मजदुर तथा बेसाहारालाई चितवन र नवलपुरका लियो क्लबले संयुक्क्त दैनिक रुपमा खाना खुवाइरहेका छन । दुई जिल्लाका २९ वटा लियो क्लबहरुले हरेक साझ खाना खुवाइरहेका छन् । विगत ११ दिनदेखि भरतपुर र नारायणगढका विभीन्न स्थानमा खाना खुवाउने कार्यक्रमलाई निरन्तरता दिइरहेको ‘हामी छौ–खाना अभियान’का संयोजक पुरुषोतम सुवेदीले जानकारी दिनुभयो । भरतपुरको चौबिसकोठी,पारसबसपार्क,भरतपुर अस्पताल लगायत नारयणगढको ओरालो, लायन्सचोक र आँपटारी जस्ता विभीन्न ठाउँमा दैनिक साझको समयमा प्याकिङ्ग गरिएको खाना बाडिरहेको संयोजक सुवेदीले बताउनुभयो । ‘हामी छौ–खाना अभियान’बाट दैनिक २०० भन्दा बढीले खाना खाइरहेका छन् भने ११ औ दिनसम्म आइपुग्दा १ हजार ८ सय ३८ जना लाभान्भित भइसकेको उहाँले बताउनुभयो । महामारीको बीचमा कोहि भोकै मर्न नपरोस भन्ने उध्ेश्यले उनीहरुले खाना बाडिरहेको हुन्। ‘हामी छौ–खाना अभियान’ लाई निशेधाज्ञाको अवधिभर निरन्तरता दिने पनि सुवेदीले बताउनुभयो । खाना अभियानको लागि लियोको पत्यक्ष पहल तथा देश तथा विदेशबाट सहयोग आइरहेको उहाँले बताउनुभयो ।








