नवलपुर । ज्वाइँले आफ्नै ससुरा माथ धारिलो खुर्पा प्रहार गरि ज्यान लिएका छन । आइतवार राती नवलपुरको कावासोती नगरपालिका १५ शेरगञ्जका ३१ वर्षिय सुवास मगरले आफ्नै ससुरा बिष्णु राईको घाटीमा धारिलो खुर्पा प्रहार गरि ज्यान लिएको जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रहरी नयाव उपरिक्षक मोहन बहादुर खाँडले जानकारी दिए । प्रहरी नायव उपरिक्षक खाँडका अनुसार ज्वाइँ ससुरामा सामान्य विवाद हुदा हुदै हतियार प्रहार गर्ने सम्मको घटना घटेको बताए । खुर्पा प्रहार गर्ने ज्वाइँलाई प्रहरिले नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।








