• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • २. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ३. बिचौलियाको मारमा किसान

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

धानमा फड्के किराको आतंक

  •   सोमबार, असोज ०५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  चितवनको कालिका नगरपालिका-३ की दुर्गा चौधरीले ३ कठ्ठा क्षेत्रफलमा लगाएको धानमा फड्के किराले आतंक मच्चायो । ५/७ मुरी धान फल्ला र जहान परिवारलाई खुवाउँला भन्ने आशा उनको त्यतिबेला मर्‍यो जतिबेला हेर्दा हेर्दै हरियो धान पराल बन्दै गयो ।

    धानमा बाला लाग्ने बेलामा भयो यस्तो विपत्तिले उनलाई निकै तनाब दिएको छ । ‘मुखमा आएको भाग कसैले खोसेको जस्तो भयो,’ दुर्गाले भनिन्, ‘अब फर्किएर आउँला जस्तो लाग्दैन ।’

    धान बचाउन सकिएला कि भनेर उनले आइतवार बजारबाट विषादी ल्याएरसमेत धानमा हालिन् । तर, धान अब आउला भन्ने उनलाई लागेको छैन । यसअघि पनि उनले धानमा विषादी हालेकी थिइन् । तर, फड्केले छाडेन ।

    दुर्गाको जस्तैं समस्याको कथा सुनाए माडी नगरपालिका-२ किरौलीका किसान अविनास महतोले । उनले २ विगाहामा धान खेती लगाएका छन् ।

    करिब दुई कठ्ठाको धान फड्केले स्वाहा परिदियो । बाला लाग्ने बेलाको धानलाई फड्के खाएर पराल जस्तैं सुकाइदिएको छ ।

    आफ्नो मेहनत, लगानी र परिश्रम त्यसै खेर गएकोले दुःख लागेको अविनासले बताए । ‘त्यहीँ खेतबाट उब्जाउ आएर परिवार पाल्ने म जस्ता किसानलाई यसपटक फड्केले रुवायो,’ अविनासले भने, ‘अरु धान पनि मर्दै गएको छ, फल्ने बेलासम्म सबै सकिन्छ जस्तो लागेको छ ।’

    अविनासको मात्रै नभई उनको वरपरका अन्य छिमेकीहरुको नि हालत उस्तै छ । उनले लगाएको सावित्री धानमा अन्यमा भन्दा बढी फड्केको प्रकोप देखिएको छ ।

    एक बोटमा दुई हजारसम्म फड्के किराले धानको डाँठ चुसिरहेको देख्न सकिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना चितवनका प्रमुख मेघनाथ तिमिल्सिनाले बताए ।

    उनले चितवनको इच्छाकामना बाहेकका सबै स्थानीय तहका किसानहरुको खेतमा फड्के किराले आतंक फैंलिएको बताए । उनले गत वर्षभन्दा यस वर्ष चितवनको धानमा बढी रोग र किरा देखिएको बताए ।

    किसानले झोल र दाना विषादी छरेको भए पनि रोग नियन्त्रणमा आएको छैन । किसानले विषादी छर्ने नाममा अन्धाधुन्ध रासायनिक विषादीको प्रयोग गरिरहेको तिमिल्सिना बताउँछन् ।

    उनले कपितय किसानले धानमा विषादी हाले पनि सही तरिकाबाट नहाल्दा फड्के किरा नियन्त्रणमा नआएको बताए । उनले लगातार खेतमा पानी जम्दा त्यसको माथि फड्के किराले अधिक प्रजनन् गरेको पाइएको बताए ।

    ‘मैले किसानहरुलाई ४/५ दिन धान खेत पुरै सुकाउन भनेको छु, सेवा केन्द्रहरुलाई पनि भनिएको छ’ तिमिल्सिनाले भने, ‘फड्केले डाठ चुसेर बोट पुरै सुकाइदिने समस्या ब्यापक बन्दै गएको छ, यसलाई प्राविधिक शब्दमा होपर वर्न भनिन्छ ।’

    उनले धानमा इभिडाक्लोपिड वा एसिफेट समूहका विषादीसहित तरिकाले धानको डाठमा पर्ने गरी दुईपटक हाल्नुपर्ने बताए ।

    चितवनको धानमा पात र फेद डढ्ने डढुवा, सिथ ब्लाइट रोग तथा फड्के किरा र गवारो देखिएको छ ।

    गवारो जिल्ला भरि कै धान खेतीमा देखिएको उनले बताए । धानमा नै सेतो झिङ्गा पनि देखिन थालेको छ । यसले रस चुसेर बोट पहेंलो बनाएर क्षति पुर्‍याउने तिमिल्सिनाले बताए ।

    सावित्री धानमा जरा कुँहिने रोग देखिन थालेको छ । किसानहरुले गलत धानको बिउ प्रयोग गरेकोले यो समस्या देखिदै आएको परियोजनाका प्रमुख तिमिल्सिना बताउँछन् ।

    उनले सावित्री धानमा रोग प्रतिरोधी क्षमता एकदमै कम भएको बताए । आगामी वर्षदेखि सावित्रि धानको बिउ नलगाउने उनले किसानहरुलाई अपिल गरे ।

    जिल्लाको २७ हजार ४४५ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको छ । यस वर्ष लकडाउनका कारणले जिल्लामा तरकारी खेती बिक्री नभएपछि कपितय किसानहरुले धान खेती गरेका कारण धानको क्षेत्रफल बढेको छ ।

    चितवनमा चैत्र र असारमा दुई सिजन धान रोपाइँ गरिन्छ । चैते धानको उत्पादकत्व प्रतिहेक्टर ४ दशमलब २ मेट्रिक टन रहेको छ ।

    वर्षे धान प्रतिहेक्टर ३ दशमलब ५२ मेट्रिक टन उत्पादन हुन्छ । जिल्लामा गत वर्ष १ लाख ६७२ मेटि्रक टन धान उत्पादन भएको थियो ।

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • २.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ३.
      बिचौलियाको मारमा किसान

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.