• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. बिचौलियाको मारमा किसान

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

आन्तरिक उडान र निकुञ्ज खुले संगै सौरेलीहरु उत्साहीत

  •   सोमबार, असोज ०५, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । सौराहाका पर्यटन व्यावसायीहरु आजबाट आन्तरिक उडान र निकुञ्जका गतिविधि सुरु हुन थाले पछि उत्साहीत भएका छन् । खुलेका होटलमा खासै पर्यटक आई नसकेको भए पनि टेलिफोनबाट सेवा र सुबिधाका बारेमा जानकारी लिने क्रम निकै वढेको छ । झण्डै ६ महिना लकडाउन र निषेधाज्ञाका कारण वन्द होटल असोज १ गतेबाट खुल्न सुरु भएका हुन । चितवन जिल्ला असोज ७ गते सम्म पूर्ण रुपमा खुलेको छैन । रेष्टूरेन्टहरुमा बसेर खान पाईदैन भने जोर बिजोर प्रणालीमा दिनमा मात्र सवारी सञ्चालन गर्न पाईन्छ । क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दिपक भट्टराईले होटल खुलेको भए पनि खासै पर्यटक नआएको बताउनुभयो । उहाँले भन्नुभयो “आजबाट आन्तरिक उडान र निकुञ्जका गतिविधि सुरु हुन थालेकाले आश जगाएको छ ।” असोज ७ गते पछि क्रमश पर्यटक आउन सुरु गर्ने अनुमान उहाँको छ । ठाउँठाउँबाट आन्तरिक पर्यटकहरुले फोन गरिरहेकाले दशैं अगाडी सम्म पुग्दै गर्दा पर्यटकको राम्रो चहलपहल हुने उहाँको अनुमान छ । होटल वन्द भए पछि भएको फोहोर र झाडी सफा गर्ने काममा व्यवसायी जुटेका छन् । सौराहामा पर्यटक चढाउनका लागि राखिएका ५० वटा निजी हात्ती मध्ये भाडामा ल्याएका १० वटा फिर्ता गरिसकिएको उहाँले जानकारी दिनुभयो । संघका निवर्तमान अध्यक्ष सुमन घिमिरेको होटल जंगल सफारी लजमा शनिबार पाँच वटा कोठामा पाहुना थिए । फाट्ट फुट्ट आन्तरिक पर्यटक आउन थालेको र निकै टेलिफोनहरु आईरहेको घिमिरेले जानकारी दिनुभयो । घरमा बस्दा बस्दा दिक्क भएका र काम बिशेषले आउनु परेकाहरु सौराहा आउने गरेको उहाँको भनाई छ । घिमिरेले भन्नुभयो “क्रमश पर्यटकको संख्या वढ्दै जान्छ भन्नेमा हामी विश्वस्थ छौ ।” होटल सेभेन स्टारका सञ्चालक माधब दुवाडी भने दशैं अघि होटल खोल्ने मनस्थितिमा हुनुहुन्न । उहाँले भन्नुभयो “ठूलो समुह आएमा व्यवस्थापन गर्ने भए पनि दशैं अघि होटल खोल्ने मनस्थितिमा म छैन ।”खर्च वढ्ने र रोगको डरले केही व्यवसायी पर्ख र हेरको अबस्थामा छन् ।सौराहामा रहेका रेष्टूरेन्टहरुमा सरसफाई र तयारी थालिएको छ । रेष्टूरेन्ट एण्ड वार एशोसीयसन सौराहाका अध्यक्ष दिपेन्द्र खतिवडाका अनुसार यहि असोज ७ गते पछि खोल्नका लागि सबैले तयारी सुरु गरेका छन् । आन्तरिक उडान र पर्यटकीय गतिविधि सु्रु भए संगै पर्यटक वढ्ने उहाँको अनुमान रहेको छ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ वराल सामुदायीक वनहरुमा हात्ती प्रबेश आजबाट खोलिएको बताउनुहुन्छ । सौराहाको कुमरोज र बाघमारा चित्रशेन मध्यवर्ती सामुदायीक वनमा पर्यटक हात्तीमा चढाएर घुमाउने गरिन्छ । ती वन क्षेत्रमा डुङ्गा सयर पनि गराईन्छ । वरालका अनुसार निकुञ्जमा पैदल यात्रा (जंगल वाक) पनि खोलिएको छ । छिट्टै वाटो मर्मत गरेर जिप सफारीको अनुमती दिने उहाँले जानकारी दिनुभयो । चैत ११ गतेबाट वन्द भएका होटल साउन १५ गते खुलेको भए पनि सोही महिनाको २८ गतेबाट पुनः वन्द भएका थिए । सौराहामा १ सय १० होटल रहेका छन् । यसै गरि साना ठूला १ सय हाराहारी रेष्टूरेन्ट छन् । सौराहामा होटलमा प्रत्यक्ष रुपमा ५ हजार ५ सयभन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् ।

    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार
    तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन
    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ३.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ६.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ७.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ८.
      बिचौलियाको मारमा किसान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.