काठमाडौं । जुम्लामा सत्याग्रह सुरु गरेका डाक्टर गोविन्द केसी काठमाडौं फर्किने भएका छन् । १९ औं अनसन सुरु गरेको ८ औं दिनमा डाक्टर गोविन्द केसीले अब काठमाडौं मै पुगेर सत्याग्रह जारी राखेन बताएका हुन् ।दुई वर्ष अगाडि जुम्लामै सत्याग्रहका क्रममा भएको तोडफोडलाई स्मरण गर्दै डाक्टर केसीले फेरि पनि त्यस्तै संकेत देखिएकोले आफू काठमाडौंमै फर्किएर सत्याग्रह जारी राख्ने बताएका छन् ।सत्याग्रहको ८ औं दिनसम्म माग पूरा गर्ने सरकारले कुनै प्रयास नगरेको र उल्टै सत्याग्रहस्थलबाट अपहरण शैलीमा अस्पताल पुर्याएको बताएका छन् । उनले जुम्लामा सत्याग्रहका क्रममा साथ दिने, सहयोग गर्ने तथा शुभेच्छा गर्ने सबैलाई धन्यवाद दिदै सबै मागहरु पूरा गराएर मात्रै सत्याग्रह टुंगिने बताएका छन् ।यसपटक डाक्टर केसीले पहिलेका सहमति कार्यान्वन हुनुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाइ तत्काल सुरु गर्नुपर्नेलगायतका माग राखेका छन् ।








