काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोलामा एक हजार ७ सय रुपैयाँले घटेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार सुनको मूल्य तोलाकाे ९७ हजार २ सय रुपैयाँ थियो । आज चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोलामा ९० रुपैयाँले घटेर एक हजार २ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








