• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • २. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ३. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ४. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

विश्व गैँडा दिवसः दुर्लभ एकसिङ्गे गैँडा संरक्षणमा चुनौती

  •   मङ्गलबार, असोज ०६, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन ।  दुर्लभ एकसिङ्गे गैँडा संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । मानव अतिक्रमण र संरक्षणप्रतिको चासो कम हुँदा संरक्षण चुनौतीपूर्ण बनेको हो । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल पछिल्ला दिनमा गैँडा संरक्षणमा चुनौती थपिएको स्वीकार्नुहुन्छ । उहाँको भनाइमा चोरी शिकार पुनः सक्रिय हुने सङ्केत देखिएको छ । गैँडा मानव बस्तीमा विचरणका लागि जाँदा लखेट्न प्रयोग गरिने विषादी, विद्युतीयतारलगायत प्रतिरोधात्मक भावना समस्या बन्दै गएको छ । उहाँले भन्नुभयो, “निकुञ्जभित्र जतिसुकै राम्रो व्यवस्थापन भए पनि बाहिरका खाद्यान्न बालीका कारण गैँडा आकर्षित हुँदा समस्या भएको छ ।” मध्यवर्ती क्षेत्रमा बाली प्रणाली नै परिवर्तन गर्नसकेमा संरक्षणमा टेवा पुग्ने उहाँको भनाइ छ । गैँडाको प्रमुख बासस्थान क्षेत्रमा अतिक्रमण बढेको भन्दै उहाँले भन्नुभयो, “जसले अतिक्रमण ग¥यो उनीहरुको आर्थिक र शैक्षिक अवस्था कमजोर हुँदा निकुञ्जमा मात्रै केन्द्रित हुनुपर्दा संरक्षणमा चुनौती थपिएको छ ।” उनीहरुलाई वैकल्पिक पेशाको व्यवस्थापन गर्नसकेमा संरक्षणमा सहयोग पुग्ने बरालको भनाइ छ । राजनीतिकरुपमा प्रतिबद्धता बोलीमा भए पनि व्यवहारमा नहुँदा संरक्षणमा थप जटिलता आएको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “जनप्रतिनिधिले नबुझेको वा नबुझेजस्तो गरेका कारण संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ ।” जसले गर्दा कर्मचारीको मनोबल गिर्ने गरेको र चुनौती मोल्दै गर्दा हुने जोखिम व्यक्तिगत रुपमा झेल्नुपर्ने बाध्यता आएको बरालको ठम्याइ छ । राजनीतिक नेतृत्व र जनप्रतिनिधिलाई संरक्षणप्रति उत्तरदायी बनाउन सके संरक्षणमा सहयोग पुग्ने उहाँको भनाइ छ । लामो समय गैँडा संरक्षणमा खर्चिनुभएका निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत कमलजङ्ग कुँवर विगतको इतिहासलाई हेर्दा प्रत्येक १०/१० वर्षमा चोरी शिकारी बढ्ने गरेको तथ्याङ्कले देखाएको बताउनुहुन्छ । उहाँका अनुसार सन् १९७० देखि ८० को दशक चोरी शिकारी कम भएको भए पनि त्यसपछिको दशक चोरी शिकार बढी भएको उहाँले जानकारी दिनुभयो । त्यसैगरी ८० को दशकमा चोरी शिकार बढेको ९० दशकमा घटेको, सन् २००० को दशकमा बढेको र सन् २०१० को दशकमा कमी आएको भन्दै उहाँले सन् २०२० को दशक चोरी शिकारी बढ्न सक्नेतर्फ सचेत गराउनुभयो । तस्करले निकुञ्ज सुरक्षा व्यवस्थाको रणनीतिका बारेमा थाहा पाइसकेकाले नयाँ रणनीतिका साथ आउन सक्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको सुझाव छ । सरकारी निकाय सुस्ताउँदै गर्दा तस्कर सक्रिय हुने गरेको तथ्यलाई ख्याल गर्दै काम गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “यो दशकमा गैँडा जोगाउन सरकारी निकायले जनता, सञ्चारमाध्यमलगायत सरोकार निकायसँग सहकार्य गरेर समयमै अघि बढ्नु पर्छ ।” उहाँले थप्नुभयो, “उनीहरु नयाँ ढङ्गले आउन सक्छन् ।” चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गाना सबैको साथ र सहयोग बिना गैँडा संरक्षण सम्भव नहुने बताउनुहुन्छ । राजनीतिक तहमा नेतृत्व र जनप्रतिनिधि रहेका सबैलाई संरक्षणको बारेमा बुझाएर आम जनतालाई सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “संरक्षणमा लागेका बाहेकका राजनीतिक नेतृत्वलाई बुझाउन पर्ने देखिएको छ ।” पहिलो प्राथमिकता मानिस हो भने वन्यजन्तुका कारण मानिसले पाएका लाभ र यसको अन्तर्राष्ट्रिय महत्वका विषयमा पनि नजरअन्दाज गर्न नमिल्ने उहाँको तर्क छ । उहाँले भन्नुभयो, “वन्यजन्तुका कारण आहार मात्रै होइन, राहत पनि पाएका छौँ ।” आर्थिक अभावका कारण चोरी शिकारमा निम्न वर्गलाई प्रयोग गरिएको भन्दै उहाँले त्यो वर्गको आर्थिक उत्थानमा लाग्नुपर्ने बताउनुभयो । द्वन्द्वको समयमा निकुञ्जमा सबैभन्दा बढी चोरी शिकारी भएको थियो । सन् २००२ मा एकै वर्षमा सबैभन्दा बढी ३७ वटा गैँडा चोरी शिकारीले मारेका थिए । पछिल्ला वर्षहरुमा चोरी शिकारीको सङ्ख्या घट्दै आएको भए पनि चुनौती भने यथावत रहेको छ । झण्डै चार वर्ष पछि गत भदौ २३ गते तस्करले गैँडा मारेका थिए । उक्त घटनापछि निकुञ्ज सुरक्षामा थप कडाइ गरिएको छ ।गैँडा मारेको मुद्दामा अधिकतम सजाय १५ वर्ष कैद र रु १० लाख जरिवाना वा दुवै हुने व्यवस्था छ । संरक्षित वन्यजन्तुको चोरी शिकारी गरी फरार रहेका १०० जनाभन्दा बढी छन् । तिनीहरु निकुञ्ज आसपास क्षेत्रसँगै पोखरा, काठमाडौँलगायत ठाउँका हुन् । अरु मुद्दाको समेत गरेर यो सङ्ख्या १५० भन्दा बढी छ । यसअघि गैँडा मारेको अभियोग लागेर कारागारमा लागेका पछिल्ला दिनहरुमा छुट्ने क्रम बढ्दो छ । उनीहरु पुनः सक्रिय हुन सक्ने भन्दै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । यससँगै संरक्षणका लागि निकुञ्जले घाँसे मैदान र पानीको व्यवस्थापन गरिरहेको छ । सन् २०१५ मा गणना गर्दा नेपालमा ६४५ गैँडा रहेकोमा यस निकुञ्जमा ६०५ गैँडा रहेका थिए । गत आर्थिक वर्षमा पुनः गणना गर्ने भनिए पनि कोरोना सङ्क्रमणका कारण रोकिएको छ । विसं २०७४ को बाढीमा राप्ती र नारायणी नदीले गैँडा बगाएर भारत पु¥याएका थिए । केही उद्धार गरी ल्याइएको भए पनि बाढीले कति बगायो भन्ने यकिन हुन सकेको छैन । चितवन राष्ट्रिय निकुञ्ज एकसिङ्गे गैँडाका लागि प्रख्यात छ । गैँडा हेर्नकै लागि वर्षेनी ठूलो सङ्ख्या स्वदेशी तथा विदेशी पर्यटक यहाँ आउने गर्दछन् ।  रासस

    दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु
    दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम
    नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    लोकप्रिय

    • १.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ३.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ४.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • २.
      दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

    • ३.
      अर्को साता वर्षाको सम्भावना, अहिल्यै त्रसित नहुन मौसमविद्को आग्रह

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

    • ६.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

    • ७.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

    • ८.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.