काठमाडौं । चिकित्सा सुधारलगायतका माग राख्दै सत्याग्रह सुरु गरेका डा. गोविन्द केसीले त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बसेर आफ्नो सत्याग्रह जारी राख्ने भएका छन् । जुम्लामा पुगेर सत्याग्रह सुरु गरेका डा. केसी तोडफोड र हिंसा हुन सक्ने भन्दै काठमाडौं आएरै अनशन जारी राख्न लागेका हुन् । हिजो नेपालगन्ज अइपुगेका डा.केसी ११ः२५ को बुद्ध एयरको उडानबाट काठमाडौं आइपुग्दै छन् । १९औँ पटक अनशन बसेका डा. केसीको आज नवौँ दिन हो ।








