• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

कम्युनिष्ट आन्दोलन जोगाउन प्रतिनिधिसभा विघटन गरियो : अध्यक्ष ओली

  •   मङ्गलबार, साउन ३०, २०८० मा प्रकाशित
  • फाईल फोटो
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई जोगाउनका लागि प्रनिनिधिसभा विघटन गरेको बताउनुभएको छ । पार्टी स्कुल विभाग, बागमती प्रदेश सङ्गठन कमिटीले आज आयोजना गरेको ‘प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले प्रतिनिधिसभा विघटन नगरेको भए देशको कम्युनिष्ट आन्दोलन समाप्त हुने थियो भन्नुभयो ।

    “हामीले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्‍यौँ त्यो विघटन ठीक थियो। नगरि नहुने थियो, त्यसैले गर्‍यौँ”, उहाँले भन्नुभयो, “यदि हामीले प्रतिनिधिसभा विघटन नगरेको भए हाम्रो आन्दोलन ध्वस्त हुन्थ्यो । ध्वस्त पार्ने षड्यन्त्र थियो । हामीलाई झुन्ड्याउन जुन डोरी उनीहरूले तयार गरेका थिए, त्यो डोरी हामीले छिनाल्दियौँ ।”

    उहाँले प्रतिनिधिसभा विघटनपछि पार्टीको सदस्यबाटै निकालिएका आफूहरूले सङ्गठन विस्तार र सुदृढ गरेर मजबुत एवं प्रमुख पार्टीको रूपमा पुनः स्थापित गरी प्रतिनिधिसभामा प्रवेश गरेको बताउनुभयो । “हाम्रो सङ्गठन ध्वस्त पार्ने, चकनाचुर पार्ने र नेपालमा वामपन्थी आन्दोलन, परिवर्तनकारी आन्दोलन समाप्त पार्ने जुन योजना थियो, त्यस योजनालाई हामीले पूरा हुन दिएनौँ”, उहाँले भन्नुभयो । प्रतिनिधिसभा विघटन त्यस बेलाको अपरिहार्यता भएको भन्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा विघटन राजनीतिक कदम, संवैधानिक कदम र संसदीय कदम रहेको उल्लेख गर्नुभयो ।

    उहाँले प्रतिनिधिसभा विघटनपछि पार्टी मजबुतरुपमा अगाडि बढेको दाबी गर्नुभयो । पार्टीबाट निकालिएको शक्ति फेरि पनि प्रतिनिधिसभा पुनःस्थापना हुँदा पहिलो शक्तिको रुपमा रहेको अध्यक्ष ओलीको भनाइ थियो । वामपन्थी चिन्तनलाई प्रतिक्रियावादीले सुन्न नचाहने गरेको उल्लेख गर्दै उहाँले यथास्थितिवाद र वामपन्थको कहिले मिलाप नहुने उल्लेख गर्नुभयो । “वामपन्थले देशमा सुधार र परिवर्तन चाहने गर्दछ । चाहे त्यो सङ्ख्यात्मक होस् वा गुणात्मक ।

    परिस्थिति अनुकूल छ भने गुणात्मक परिवर्तन ल्याउने काम वामपन्थले गर्दछ”, अध्यक्षले भन्नुभयो । अध्यक्ष ओलीले अहिले पुँजीवादीसँग पैसा भएकाले कम्युनिष्ट आन्दोलन दबाउन खोजिएको बताउनुभयो । “अहिले पद, पैसा, सुविधा र क्रयशक्ति पुँजीवादीसँग रहेको छ । त्यस कारणले क्रयशक्तिको कारणले पुँजीवादी घुसपैठ पनि गर्न सक्दछन्”, उहाँले भन्नुभयो, “हाम्रोजस्तो देशमा अहिले पनि परम्परागत शक्ति दबाउने चलन रहेको छ । उनीहरुको वर्चश्व रहेको छ ।”

    उहाँले ज्ञानलाई व्यवस्थित गर्नका लागि चिन्तन आवश्यक रहेको भन्दै चिन्तनबाट प्राप्त गरेको ज्ञानलाई सम्प्रेषण गर्नुपर्ने भनाइ राख्नुभयो । अध्यक्ष ओलीले सँधै गुरुले सिकाएको ज्ञान मात्र ज्ञान नभएको भन्दै रचनात्मक ढङ्गले मानिले आफैँमा ज्ञान प्रस्फुटन गराउनुपर्ने भनाइ राख्नुभयो ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.