• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

वेथिति र विकृति अन्त्यको नेतृत्व पनि माओवादीले नै लिन्छ : प्रधानमन्त्री दाहाल

  •   बिहिबार, साउन ३२, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    दोरम्बा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा रहेका विकृति र वेथिति अन्त्यको नेतृत्व पनि नेकपा (माओवादी केन्द्र) ले लिने बताउनुभएको छ । माओवादी केन्द्र दोरम्बा शैलुङ गाउँपालिकाले आज आयोजना गरेको २०औँ दोरम्बा हत्याकाण्ड स्मृति दिवस तथा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले देशको व्यवस्थामा परिवर्तन ल्याउने आन्दोलन थालेको माओवादीले नै भ्रष्टाचारको अन्त्य गर्ने बताउनुभयो । स्वाधीनता र अखण्डताका पक्षमा लडेको माओवादीले नै जनताको जीवनमा परिर्वतन ल्याउने उहाँको भनाइ थियो । उहाँले जनतासँग जोडिने घरघरमा माओवादी, जनजनमा माओवादी अभियान चलाउने बताउनुभयो “अहिले देशमा धेरै वेथिति छन् ।

    तीनको अन्त्य गर्ने नेतृत्व कसै न कसैले त लिनै पर्छ । यसको नेतृत्व हिजो जनताका अधिकार स्थापित गर्ने परिवर्तनका आन्दोलमा सहभागी भएका बलिदानीको कीर्तिमान कायम गरेका हामी माओवादीले लिनुपर्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो । निर्वाचनका बेला ‘व्यवस्था बदल्यौँ, अब अवस्था बदल्छौँ’ भनेको स्मरण गर्दै उहाँले यसअघि जनताको अवस्था कसरी बदल्ने भन्नेमा अन्योल भए पनि माओवादीले अब भने बाटो पहिल्याएको बताउनुभयो ।

    “हिजो बन्दुक बोकेर एकात्मक, निरङ्कुशतामा रहेको देशमा समावेशी गणतन्त्र ल्याउन त सक्यौँ, तर जनताले चाहेअनुसारको परिवर्तन हुन सकेको छैन”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “जनताको जीवनमा परिर्वतन ल्याउन अझ सङ्घर्ष गर्ने त भनियो तर बाटो भने अलमल थियो, जुन बाटो अहिले हामीले पहिल्याएका छौँ ।” सरकारले सुशासनका पक्षमा गरेका काम र पार्टीले चलाएको जनतासँग माओवादी रूपान्तरण अभियानलाई जोडेर माओवादी र जनताबीचको सम्बन्ध नङ र मासुको जस्तै बनाइने उहाँको भनाइ छ ।

    प्रधानमन्त्री दाहालले भन्नुभयो “हामी फेरिन चाहन्छौँ, समाजवादको नयाँ आन्दोलनको रूपमा सरकार र पार्टी दुवै तर्फबाट अभियान सञ्चालन गर्छौं, यसमा सबैको साथ समर्थन आवश्यक छ ।” जनयुद्धको नेतृत्वकर्ताको हैसियतले आफूले आन्दोलनका घाइते, अपाङ्ग शहीद र बेपत्तालाई सदैव सम्मान गर्दै आएको उहाँको भनाइ थियो । “प्रधानमन्त्री बनिसकेपछि जनयुद्ध र परिवर्तनका विभिन्न आन्दोलनमा शहीद बनेका माओवादी सेना, नेपाली सेना, प्रहरी र सबैलाई समान व्यवहार गर्दै राष्ट्रिय शहीद घोषणा गरिएको छ”, उहाँले भन्नुभयो । जनयुद्धलाई अमर बनाउने उद्देश्यले फागुन १ गते (जनयुद्ध दिवस)लाई राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गरिएको प्रधानमन्त्रीले बताउनुभयो ।

    शहीद परिवारलाई परिपूरण गर्ने ऐन ल्याएर शहीद, बेपत्ता परिवारलाई नयाँ जीवन दिइने कार्यको गृहकार्यमा रहेको उहाँले बताउनुभयो । प्रधानमन्त्री दाहालले सरकार सुशासनसँगै समृद्धिको यात्रामा रहेको बताउनुभयो । उहाँले सरकारको अहिले ध्यान ‘गेम चेन्जर’ आयोजनामा गएको उल्लेख गर्दै भन्नुभयो, “सरकारको ध्यान गेम चेन्जर आयोजनामा छ, केही ठूला आयोजनालाई देशको विकासलाई नयाँ युगतर्फ लैजाने गरी गेम चेन्जर आयोजनाको रूपमा परिवर्तन गर्छौं ।”

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.