स्याङ्जा । स्याङ्जाको दुई स्थानमा गएको पहिरोमा परि दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् । जिल्लाको वालिङ नगरपालिका–१४ तमाधीमा पहिरो जाँदा एकै परिवारका १० जना पुरिएका छन् । तीमध्ये एक जनाको मृत्यु भएको छ भने ८ जना सम्पर्कविहिन भएका छन् । एक जनाको जिवित्तै उद्दार गरिएको छ । लगातार पहिरो आइरहेको कारण उद्दारमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले जनाएको छ । यस्तै, कालिगण्डकी गाउँपालिका ४ गोतामेडाँडामा पनि एक घर पहिरोमा पुरिँदा १६ वर्षीय विष्णुबहादुर दमाईको मृत्यु भएको छ ।








