चितवन । अबिरल बर्षासंगै नारायणी नदिमा पानीको सतह बढेको छ । नारायणीमा पानीको सतह खतराको तहमा पुगेको छ । देवघाट स्थित बाढी माफत केन्द्रमा नारायणीको जलसतह ८.०४ मिटर मापन भएको छ । उक्त स्थानमा ८ मिटर पुगेपछि खतरको तह मानिन्छ । प्रशासनले नारायणीको सतह बढ्दै गएकोले चितवन र नवलपुरको नदि तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गरेको छ ।








