चितवन । सामाजिक सञ्जाल इमो मार्फत ठगी गर्ने २ जना ब्यीक्त मोरङबाट पक्राउ परेका छन् । ईमोमा २५ लाखको चिट्ठा परेको भन्दै चितवन स्थित कालिका नगरपालिका ४ की ४४ बर्षीय महिलालाई ठगी गरेको सुचनाका आधारमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो । मोरङ विराटनगर महानगरपालिका वडा नं ११ वस्ने २७ बर्षीय साहिल हुसेन अन्सारी सोही स्थानका वडा नं ९ वस्ने २७ बर्षीय कामेश्वर स्वर्णकारलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यलय टाँडीले जानकरी दिएको छ ।
ईलाका प्रहरी कार्यलय टाँडीका प्रहरी नायब उपरीक्षक रबिन कार्कीका अनुसार पीडित ४४ बर्षीय सिता थपलिया २ लाख ८० हजार रकम ठगीएको थाहा पाएपछि प्रहरीले अनुसन्धान थालेको थियो । पीडित महिलालाई चिट्ठा वातपको पैसा पच्चीस लाख पाउने आशमा पहिलो पटक ५५ हजार, दोश्रो पटक ४५ हजार रकम आइएमई मार्फत मोरङमा पठाउन लगाएको अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । पक्राउ परेका दुवैलाई ईलाका प्रहरी रत्ननगर टाँडी ल्याई अदालतवाट पहिलो पटक ७ दिनको म्यादथप अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको छ ।








