देवघाट तनहुँ । मध्य नेपालकै सर्वोत्कृष्ट रेडियो कालिका एफएमको १८ औं तथा कालिका एचडीको छैटौँ वार्षिकोत्सवको अवसरमा आयोजित महिनाव्यापी कार्यक्रमहरु सुरु भएका छन् । आज (बिहीबार) देवघाट स्थित समाज कल्याण केन्द्र (वृद्धाश्रम) मा रहेका जेष्ठ नागरिकसँग आशिर्वाद लिएर कार्यक्रम सुरु गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि देवघाट गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले जेष्ठ नागरिकलाई खुशी बनाएर वार्षिकोत्सवका कार्यक्रम सुरु गर्ने कार्यलार्ई निरन्तरता दिएकोमा खुशी व्यक्त गर्नुभएको थियो। देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले कालिका मिडियाले जनचासोका विषयलाई उजागर गर्दै आएको बताउनुभएको थियो । वृद्धवृद्धालाई सम्मान कार्यक्रममा कालिका मिडियाका निर्देशक दिपक पौडेलले सामाजिक उत्तरदायीत्व बहन गर्दै कालिका मिडियाले वार्षिकोत्सव मनाउन लागेकोे बताउनुभएको थियो । कोभिड–१९ को महामारिमा यस वर्ष कालिका मिडियाले केही पृथक कार्यक्रम अनलाइन मार्फत गर्दै वार्षिकोत्सव मनाउँदै छ । देवघाट स्थित सो आश्रममा ३५ जना आमाबुबाले आश्रय लिइरहेका छन् । एक दिनको विशेष खाना र मास्क सहयोग गरिएको छ । देवघाट क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक तथा वृद्धाश्रमका अध्यक्ष धीरणबाबु घिमिरेले कालिका मिडियाले मानवसेवालाई विशेष प्राथमिकता दिदै आएको बताउनु भएको थियो। सो कार्यक्रममा देवघाट ५ नम्बरका वडा अध्यक्ष याल बहादुर गुरुङ,देवघाट सेवा केन्द्र एवं प्रहरी साझेदारी सेवा केन्द्रका अध्यक्ष होम बहादुर भाराती र देवघाट क्षेत्र बिकास समितिका सदस्य किरण सुवेदी लगाएतको उपस्थिति रहेको थियो
कालिका मिडियाको वार्षिकोत्सव कार्यक्रम सुरु,थापाले जेष्ठ नागरिकलाई खुशी बनाएर वार्षिकोत्सव सुरु गरेकोमा खुशी व्यक्त,
कालिका मिडियाको वार्षिकोत्सव कार्यक्रम सुरु,थापाले जेष्ठ नागरिकलाई खुशी बनाएर वार्षिकोत्सव सुरु गरेकोमा खुशी व्यक्त,
- अ
- अ
- अ








