हेटौंडा । पुर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१ चाइनाक्वाटर प्रवेश गेट नजिक मोटरसाइकल, अटो र स्कुटर एक आपसमा ठक्कर खाँदा प्रहरीसहित ३ जना घाइते भएका छन्।
नवलपुरतर्फ जाँदै गरेको ना २ ब ६०४६ नम्बरको सरकारी मोटरसाइकल र सडक कार्यालयबाट निस्केको ना ५४ प ३४०१ नम्बरको स्कुटर र ना १ ह २७७ नम्बरको अटो एक आपसमा ठक्कर खाँदा ३ जना घाइते भएका हुन।मोटरसाइकल सवार दुईजना प्रहरीको अवस्थामा मध्यम रहेको र उपचारका लागि चुरेहिल पठाइएको छ । स्कुटरमा सवार एकजना सामान्य घाइते रहेको मकवानपुर प्रहरीले जनाएको छ।घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जनाइएको छ।








