• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. बिचौलियाको मारमा किसान

  • ५. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ६. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ७. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

सामूहिक बलात्कारको शिकार भएकी किशोरीले घटना मिलाउन पैसा लिन अस्वीकार गर्दा ज्यान मार्ने धम्की

  •   शुक्रबार, असोज ०९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    जनकपुरधाम । सामूहिक बलात्कारको शिकार भएकी किशोरीले घटना मिलाउन पैसा लिन अस्वीकार गर्दा पीडकका परिवारजनले ज्यान मार्ने धम्की दिन थालेका छन्।बलात्कारमा संलग्न आरोपितका परिवारले प्रतिव्यक्ती ३ लाखका दरले १२ लाख रुपैया एकमुष्ट दिएर बलात्कार मुद्दा गाउँमै मिल्न दबाव दिइएको पीडितले बताएकी छिन्।

    सबैला नगरपालिका–१२ रघुनाथपुरकी १५ वर्षीया सबरी सदा (परिवर्तति नाम) लाई सामूहिक बलात्कार गर्नेका परिवारले विभिन्न माध्यमबाट पीडितलाई पैसा दिएर घटना मिलाउने प्रयास गर्दै आएका छन्। पीडकका परिवारलाई मिलाउन जनता समाजवादी पार्टीका नेतासहितको ८ जनाको समूहले फकिरचन्द्र गामी उमावि बरकुर्वा, रघुनाथपुरमा गत विहीबार छलफल नै गरेका थिए।

    पीडितका आमा, बुवा र एक जना आफ्न्तलाई बोलाई सुरुमा बलात्कार गर्नेहरु चार जनाबाट प्रति व्यक्ति एक लाख रुपैंया दिने प्रस्ताव गरेको पीडितकी आमाले बताइन्। पीडित पक्षले मिल्न नमानेपछि रकम थप्दै छलफलमा सहभागी सत्यनारायण यादवले प्रति व्यक्ति ३ लाखको दरले १२ लाख रुपैया पीडितलाई दिने प्रस्ताव गरेका थिए। यादवले बाँकी ८ आठ लाख जति प्रहरी र अदालतमा खर्च हुने र सो रकम आफूहरुले नै तिर्ने पीडितकी आमाले बताइन्।

    ‘पैसा लिन अस्वीकार गर्दा ज्यान मार्ने धम्की दिन्छ छ,’ बलात्कृत किशोरीले हुलाकी न्यूजलाई भनिन्, ‘बुवा र आमालाई भेटर पैसा लिन भन्छ। नमान्दा घरमै आएर नमिले ज्यान मार्ने धम्की दिन्छन्। घर बाहिर जाँदा अपरिचित व्यक्तिहरु पछि–पछि लाग्छन्।’

    बलात्कारका मुख्य योजनाकार गाउँमै रहेको र उसले पनि पैसा लिएर नमिलेको खण्डमा गाउँमा बस्न नदिने चेतावनीसमेत दिएको पीडितकी आमाले बताइन्। बलात्कारका मुख्य अभियुक्तहरु पक्राउ नपर्दा पीडित मुसहर परिवारलाई घटना मिलाउन लाखौ रुपैयाको प्रलोभन आउने गरेको छ। किशोरी बलात्कार आरोप र सहयोगी भनिएका दुई जना पक्राउ परी पुर्वपक्षका लागि थुनामा छन्।

    बलात्कारका मुख्य योजनाकारसहित सहयोग गर्ने ६ जना फरार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका नायव उपरिक्षक मकेन्द्र मिश्रले बताए । सामूहिक बलात्कारमा धनुषा धरमपुरका शैलेन्द्र यादव, मनोज यादव, श्यामशुन्दर यादवलगायतका रहेका छन्।घटनाको एक महिनाभन्दा बढी हुँदासमेत प्रहरीले पीडिक पक्षबाट घुस लिएर मुख्य अभियुक्तहरुलाई पक्राउ नगरेको पीडितकी अमाले बताइन्।

    मुख्य अभियुक्तहरु गामघरमा घुमेको सुचना र अन्य जानकारी पुलिसलाई पटक पटक दिएको छु, पीडितकी आमाले भनिन्, ‘छोरीलाई अपहरण गरी बलात्कार गर्नेहरुलाई पक्राउ गर्न प्रहरीले अहिलेसम्म पहल गरेको छैन। बलात्कारीहरु उल्टै घरमा धम्काउन आइरहेका छन्।’ डर–धम्कीकै कारण खेतबारी, जन मजदुरीमा जान सकिएको छैन, उनले भनिन्।

    धनुषाधाम नौ सयस्थित दिदीको घरमा बिहेको भोज खानर गएकी किशोरी गाउँकै दाईहरुसँग भदौ १ गते साझ करिब ६ बजे रघुनाथपुर फर्किदै गरेकी मुसहर किशोरीलाई धर्मपुर नजिकै १४–१५ जनाको समूहमा रहेका युवाहरुले घेराउ गरेका थिए।सँगै रहेका दुई जना दाईलाई उक्त समूहले कुटपिट गर्दै सडकमा राखेका थिए र किशोरीलाई उखु खेत हुँदै करिब ३ किलोमिटर लगी ४ जनाले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ।

    विपन्न दलित समुदायको मुहसर थरकी किशोरी डरले केही नबोल्ने भन्दै उनीहरु बलात्कार पछि दिदी घर नजिकैको पुलमा छोडेर फरार भएका थिए। बलात्कार अघि केटाहरुले किशोरीको भिडियोसमेत बनाएका थिए। बलात्कारको कुरा सार्वजनिक गरे भिडियो फेसबुकमा राखिदिने र ज्यान मार्ने धम्कीसमेत दिइएको पीडितले बताइन्।प्रहरीले बलात्कारको घटना अनुसन्धान गर्दा पिडित किशोरी र उनका परिवार पटक–पटक जनकपुर आवत जावत गर्दासमेत आरोपितका आफन्तले धम्की र आर्थिक प्रलोभन दिएर प्रभावित पार्न प्रयास गरेका थिए।

    तर, पिडित पक्ष टसमस नभएपछि गाउमै पञ्चायत गरेर १२ लाखमा बलात्कार घटना मिलाउन चलखेल सुरु भएको छ। घटनामा विभिन्न राजनीतिक दलका नेताहरुले पनि पीडितका परिवारलाई भेटेर स्थानीय स्तरमा घटना मिलाउन दबाबसमेत दिएका छन्।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      बिचौलियाको मारमा किसान

    • ५.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ६.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.