काठमाण्डौं । नबिल बैंकले नबिल ग्रिन पिन सेवाको सुरुवात गरेको छ । आफ्ना डेविट, क्रेडिट, प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रधान गर्ने उद्देश्यले बैंकले ग्रिन पिन ल्यायको हो । ग्रिन पिन सेवा मार्फत ग्राहकले नयां“ पिन सेट गर्न र पूराना ग्राहकले बिर्सिएको पिन स्वयम्ले रिसेट गर्न सक्नेछन । यो नया“ पद्धतीको बैंकिङ्ग सेवा र सुविधाले ग्राहकलाई सहज हुने नबिलले विश्वास लिएको छ ।
यस सन्दर्भमा बैंकका प्रमुख कार्यकारि अधिकृत अनिल केशरी शाहले भन्नुभयो, “अब हाम्रा ग्राहक महानुभावहरुले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सनुभए बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिईरहनु पर्दैन । अब ग्राहक महानुभावहरुले नजिकैको नबिल बैंकको एटिएमबाट सहजै आफैले पिन रिसेट गर्न सक्नुहुनेछ ।”
ग्रिन पिन मार्फत पिन सेट अथवा रिसेट गर्न ग्राहक महानुभावहरुले नजिकैको नबिल बैंकको एटिएममा गई कार्ड मसिनमा राखेर Generate OTP for PIN मेनु छान्नु पर्नेछ । त्यस पश्चात ग्राहकले बैंकमा दर्ता गर्नु भएको मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको OTP प्राप्त गर्नेछन । त्यस पश्चात ग्राहकले “Enter OTP to Change Your Pin” मेनु छनौट गरि प्राप्त भएको OTP राखेर पिन सेट अथवा रिसेट गर्न सक्नेछन ।
कार्यकारी अधिकृत शाहले ग्रिन पिन सेवा मार्पmत बैंकले पिन प्रिन्ट गर्न प्रयोग हुने कागजको र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घट्ने भन्दै वातावरण मैत्री सेवाको सुभारम्भ गरेको बताउनु भयो । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा यसरी जुनसुकै स्थान र समयमा पिन सेट तथा रिसेट गर्न सकिने सुविधाले ग्राहक महानुभाहरुलाई सुरक्षित र सहज सेवा प्राप्त हुने भन्ने बैंकको अपेक्षा छ ।
नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् । नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको हो । साथै यसले नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।यसले ग्राहकको सन्तुष्टि सहित आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नु आºनो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टि प्रदान गर्ने तर्पm केन्द्रित गरेको छ ।








