• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

देउडामा तीन पुस्ता एकसाथ नाच्दै

  •   बुधबार, भदौ १३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरको भीमदत्त नगरपालिका–४ शिवधाममा केही दिनयता साँझ पख्ख अरु बेलाको भन्दा छुट्टै रौनक देख्न पाइन्छ । हरेक दिन यहाँ नब्बे वर्षीय वृद्धदेखि किशोरसम्म दिउँसोदेखि भेला हुन थाल्छन् । एउटै घरबाट बाजेदेखि नातिसम्म यहाँ आउने गरेका छन् । उनीहरु सबै एउटै गोलो घेरामा गोलवद्ध हुन्छन् । सबैले खुट्टाको चालमा चाल मिलाउँछन् । यसरी तीन पुस्ता एकसाथ देउडा खेल्दै रमाइलो गर्ने गरेका छन् । गोलो घेराको बीचमा देउडिया (गीतकार)ले गीत गाउँछन् ।

    त्यही गीतलाई गोलो घेरामा रहेकाहरूले लय मिलाएर पालैपालो दोहोर्याउँछन् । शिवधाम अचेल देउडामय बनेको छ । देउडा खेलको दृश्य देख्दा पूर्वपश्चिम राजमार्ग भएर यात्रा गर्ने जो कोहीलाई पनि नाचुँ नाचुँ जस्तै लाग्ने गर्छ । महेन्द्रनगरका विभिन्न ठाउँमा आजभोली यसरी नै तीन पुस्ता एक साथ देउडामा रमाएको छ । जसलाई जता पायक पर्छ त्यतै त्यतै देउडा खेल्ने गरिएको छ । चौरासी वर्षीय रामदत्त जोशी देउडा खेल्कै लागि बैतडीको ग्वाल्लेकबाट महेन्द्रनगर पुग्नुभएको छ ।

    जोशी परिवारको मधेश र पहाडमा दोहरो बसाइँ छ । उहाँ युवा जस्तै देउडा खेल्न सक्रिय हुनुहुन्छ । “अचेल पहाडमा जनसङ्ख्या थोरै छ, देउडा खेल्न पहिला जस्तो रमाइलो छैन, त्यसैले यहाँ आएको हुँ”, देउडा खेल्दै गरेका जोशीले भन्नुभयो– “मान्छे बूढो भए पनि मन बूढो हँुदैन भन्थे हो रैछ ।” जोशी १६ वर्षको उमेरदेखि देउडा खेल्दै आउनुभएको हो । “देउडा खेल्दा आनन्द आउँछ, सबैसँग भेट हुन्छ”, उहाँले भन्नुभयो । जोशी देउडा गीतकार पनि हुनुुहुन्छ । देउडा खेल्नकै लागि सुदूरपश्चिमका विभिन्न जिल्ला पुग्ने गरेको उहाँले बताउनुभयो ।

    “कैलाली कञ्चनपुरलगायत सुदूरका सबै जिल्लामा देउडा खेलेको छु”, जोशीले भन्नुभयो, “देउडाले नयाँसँग परिचय हुने र भेटघाट हुने अवसर मिल्छ । यसमै आनन्द लाग्छ ।” देउडा मनोरञ्जनमात्रै नभएर यसबाट ज्ञानगुनका कुरासमेत सिकिने भएकाले युवापुस्ता समेत देउडामा आकर्षित हुने गरेका छन् । “गीतमार्फत सवाल–जवाफ हुँदा पुराना कुरा जान्ने अवसर मिल्छ”, स्थानीय नरेश पन्तले भन्नुभयो, “गीतमार्फत मनोरञ्जन पनि हुने, हाम्रो पुर्खा र देवी–देवताका बारेमा जानकारी लिने माध्यम पनि देउडा बनेको छ ।”

    देउडामा गीतकारले देवी–देवताको गाथा, इतिहास, संस्कृति र देशको वर्तमान अवस्थाका बारेमा समेत गीतमार्फत सवालजवाफ गर्ने गरेका छन् । गौरापर्वको अवसरमा देउडा, ढुस्को, धुमारी र ठाडो खेलको रौनक सुदूरका हरेक बस्तीमा छाएको छ । देउडा डोट्याली लोकसाहित्यको एक प्रमुख विधा हो । यो विधा लोकगीतसँग सम्बन्ध राख्दछ । देउडा गायन र खेल दुवैरूपमा प्रस्तुत हुने गर्दछ । देउडा खेल्दा गोलो घेरामा एकापसमा हात जोडेर गाउँदै पैतलाको तालमा घुम्ने गरिन्छ ।

    पाइतालाको चालकै आधारमा डेड पाइला अगाडि र डेड पाइला पछाडि चलाउँदै खेलिने भएकाले यसको नाम देउडा रहन गएको जानकारहरू बताउँछन् । “देउडा खेल्दा डेढ पाइला अगाडि र पछाडि सर्ने भएकाले देउडा भनिएको हो”, साहित्यकार कविराज भट्टले भन्नुभयो, “देउडा लोकवार्ता र लोकनृत्य पनि हो ।” यो सुदूरपश्चिमको ऐतिहासिक, धार्मिक महत्व र पहिचान पनि भएकाले यसको निरन्तरता आवश्यक रहेको उहाँले बताउनुभयो । देउडामा देवगाथालाई मनोरञ्जनात्मकरूपमा प्रस्तुत गरिन्छ ।

    “देउडा खेलमा दुई वा दुईभन्दा बढी डेउडियाबीच दोहोरी हुने गर्दछ”, भट्टले भन्नुभयो, “यसमा एउटाले प्रश्न सोध्ने र अर्काले त्यसको तत्काल उत्तर दिनुपर्ने हुन्छ ।” देउडामा पुराण, इतिहास, राजनीतिलगायत ज्ञानगुनका विविध विषवस्तुमा आधारित प्रश्न सोधिने गर्दछन् भने कतै व्यग्यको पनि प्रस्तुति हुने सुदूरपश्चिम प्रगतिशील लेखक सङ्घका अध्यक्ष रमेश पन्त ‘मीतबन्धु’ बताउनुहुन्छ । “यसमा समाजका राम्रा नराम्रा पक्ष र समसामयिक घटनाको उठानका साथै मायाप्रेम आदिका कुरा पनि आउने गर्दछन्”, उहाँले भन्नुभयो, “यो विशेषगरी गौरा तथा मेलापर्वको अवसरमा खेल्ने गरिन्छ ।”

    देउडामा सुखदुःख, मायाप्रेम, हास्यव्यङ्ग्यका साथै विविध ज्ञानगुन र अर्तिउपदेशका प्रश्नउत्तरमा आधारित गीत प्रस्तुत गरिने गीतकार मञ्जु गिरी बताउनुहुन्छ । “माया पिरतीका कुरा देवी–देवताका कुराकानी गीतमार्फत गर्ने गर्छौँ”, उहाँले भन्नुभयो, “देउडामार्फत हुने सवाल–जवाफ रोचक हुने भएकाले युवापुस्तादेखि पाका पुस्तासम्मको सहभागिता हुने गरेको छ ।” गौरापर्वमा गौराको महत्व छुट्टै भए पनि प्रमुख आकर्षण नै देउडा भएकाले युवायुवतीसमेत देउडामा झुम्ने गरेको उहाँको भनाइ छ । गौरापर्वको अवसरमा सुदूरपश्चिममा महिनौँसम्म देउडा खेलिन्छ । देउडा गीत एक प्रकारको भाका हो । यसलाई कुनै पनि लयमा ढालेर गाउन सकिन्छ ।

    देउडामा कुनै भेदभाव पनि हुँदैन । यो खेल नारी, पुुरुष, युवा, बालबालिका सबैले एकसाथ खेल्न पाउँछन् । यसमा जातीय विभेद पनि हुँदैन । पछिल्लो समय देउडाको महत्व अझ बढ्दै गएको पाइन्छ । सुदूरपीश्चमेली रहेका ठाउँमा अचेल देउडा खेल्ने गरिएको पाइन्छ । पछिल्लो समय विश्वका विभिन्न मुलुक जहाँ सुदूरपीश्चमेली रोजगारका लागि गएका छन् त्यहाँ पनि देउडा खेल्ने गरेका छन् ।

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    अब सवारी दर्ता तथा नामसारीका लागि धनी स्वयं यातायात कार्यालय जान नपर्ने
    पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई दसैँको टीका नलगाइदिने

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.