• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ५. बिचौलियाको मारमा किसान

  • ६. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ७. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ८. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • ९. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

  • १०. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

पहिला पुरीयो पानी जमे पछि आबश्यकता प¥यो

  •   शुक्रबार, असोज ०९, २०७७ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरको शहरी क्षेत्र यतिखेर जलमंग्न भएको छ । केही वर्ष पहिलो भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अरुणपिडित भण्डारीले वडा अध्यक्ष निर्वाचित भए संगै केही उच्च घरानाका मतदाताको बाचा पुरा गर्नका लागि नहर पुरेर सडक वनाए । अहिले त्यही नहर नहुँदा जनताको घरमा पानी पसे पछि भने तिनै जनताले भण्डारीलाई नकारात्मक टिप्पणी गर्न थाले । भरतपुर महानगरपालिका वडा नम्बर १० हुँदै जाने नहर अहिले कुनै पनि ठाउँमा देख्न पाईदैन । कतै सडक कालोपत्रे भई सकेको छभने कतै भौतिक संरचना निर्माण गरि सकिएको छ । जसका कारण अहिले पानी सहरी क्षेत्रमा जलमग्न भएको देख्न सकिन्छ । जसले वडा अध्यक्ष हुँदा नहर पुरे तिनै अध्यक्ष अहिले नहर वनाउन आबश्यक रहेको भन्दै डोजर लिएर सडकमा उत्रिएका छन् । उहाँले भन्नुभयो “पहिला गल्ति गरियो । अहिले त्यसलाई सच्याउन लागेका छौ ।” नारायणी लिफ्ट सिंचाई आयोजनाको पानी बग्ने नहरहरु ठाउँठाउँमा पुरेर सडक बनाएसँगै शहरी क्षेत्रमा निकासको अभाव हुँदा जलमग्न हुन पुगेको हो । नहर पुरिएपछि भरतपुर महानगरपालिका वडा नम्बर १०, ११, १२ र ७ डुवानमा परेका छन् । अधिकांश सरकारी कार्यालय डुवेका छन् । प्रतिनिधि सभाका सदस्यहरुले पनि नहर पुगेर कालोपत्रे निर्माण गरेका छन् । उनीहरुले बजेट नै बिनियोजन गरेर सडक निर्माण गरेका हुन् । ठाउँठाउँमा अव्यवस्थित रुपमा गरिएको जग्गाको खण्डीकरण र संरचनाले पानीको प्राकृतिक वहाव रोकिंदा पानी जम्ने समस्या आएको छ । नहरको कतिपय भाग पुरेर सडक बनाईएको छ भने कतिपय ठाउँमा निजी तथा सार्वजनिक भवन समेत बनाईएको छ । महानगरमा वर्षाको पानी जाने उचित निकास हुन नसक्दा शहरी क्षेत्र डुवानमा पर्ने गरेको हो । वर्षामा शहरी क्षेत्रमा परेको पानी नहर हुँदै जाने गर्दथ्यो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले तत्काल पानीको निकासका लागि पहिले नारायणी लिफ्टको नहर भएको नहरचोकदेखि रिजालचोक हुँदै केरुङ्गासम्म खनेर कुलो बनाईने बताउनुभयो । एक मिटर चौडा र एक मिटर गहिराईको कुलो बनाएर पानीको निकास दिन आजबाट काम थालिएको उहाँको भनाई छ । दिर्घकालीन रुपमा यसै कुलोलाई व्यवस्थित गरेर निकास दिईने छ । त्यसैगरि पूर्बपश्चिम राजमार्ग र वाईपास सडकमा व्यवस्थित ढल निर्माण गरी केरुङ्गा र पुङ्गी खोलामा मिसाईने दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार डुवान क्षेत्रमा व्यवस्थित ढल निर्माण गरी पूर्बपश्चिम राजमार्ग र बाईपासमा बनाईने ढलमा मिसाईने छ । पुनः निर्माण हुँदै गरेको हुलाकी सडकको मुख्य बस्ति भएको ठाउँमा ढलको व्यवस्था गरिने छ । त्यसलाई पनि केरुङ्गामा मिसाईने उहाँले बताउनुभयो । पानी भरिएका क्षेत्रहरुमा अध्ययन गर्ने काम भईरहेको भन्दै उहाँले यसबाट दिर्घकालीन रुपमा बन्ने संरचना निर्माणमा सहयोग पुग्ने जानकारी दिनुभयो । नारायणी लिफ्ट खगेरी सिंचाई व्यवस्थापन कार्यालय भरतपुरका प्रमुख ई. खेमबहादुर पाठकका अनुसार नारायणी लिफ्टको बी पम्प हाउसबाट तानेको पानी सि एल १ क्यानलमार्फत् आउने नहर पूरै मासिएको छ । भरतपुरको बसेनीबाट नहरचोक, मेडिकल कलेज, गेष्टहाउस चौर, कारागार, रिजालचोक हुँदै उक्त नहर प्रेमबस्तीसम्म पुगेको छ । पाठकका अनुसार नहरमा कालोपत्रे तथा कच्ची सडक, भवन जस्ता संरचना बनेका छन् । कार्यालयले पटकपटक सम्बन्धित निकायमा अतिक्रमण रोक्न पत्राचार गरेको भए पनि रोक्न नसक्दा अहिले शहरी क्षेत्र डुवानमा परेको उहाँले बताउनुभयो । नारायणी लिफ्ट सिंचाई जलउपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर रानाभाटले सरकारी निकायकै संरक्षणमा नहर अतिक्रमण हुँदा अहिले शहरी क्षेत्र डुवेको र खेतीयोग्य जमिनमा सिंचाई अभाव भएको बताउनुभयो । उहाँका अनुसार नहरको अन्तिम विन्दु प्रेमबस्ती लगायतका क्षेत्रमा नहरको पानी पुग्न नसक्दा सिंचाईमा समस्या हुने गरेको छ । रानाभाटले भन्नुभयो “नहर पुर्नुहुन्न भन्दा कसैले टेरेन, अहिले निकास नभएर समस्या भएको छ ।” पटक पटक आफूहरुले पहल गरेको भए पनि अतिक्रमण रोक्न नसकेको गुनासो उहाँले गर्नुभयो । लिफ्टले भरतपुर महानगरपालिकाको वडा नम्बर ४, ५, ६, ८, ९, ११, १२, १४, १५ लगायतका वडाका ३ हजार ५ सय हेक्टर प्रत्यक्ष रुपमा सिंञ्चित गर्दै आएको छ । बि.सं. २०४० सालमा स्थापना गरिएको यस लिफ्ट परियोजनाबाट आएको पानी खगेरी सिंचाईमा मिसाएर पश्चिम चितवनका अन्य वडाहरुमा पनि सिंचाई गरिदैं आएको छ । वर्षायाममा मात्रै सञ्चालन हुँदै आएको लिफ्ट स्तरोन्नती गरेर हिउँदमा समेत सिंचाई गर्ने तयारी गरिएको छ । नारायणी नदीबाट पानी तानेर नहरमार्फत् सिंचाई गरिंदै आएको छ ।

    सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता
    जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्
    बिचौलियाको मारमा किसान

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.