• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

सामुदायिक क्याम्पसको विकासमा सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पाण्डे

  •   सोमबार, भदौ १८, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    दमौली । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सामुदायिक क्याम्पसको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको आज आयोजित ३७औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा उहाँले सामुदायिक क्याम्पसको स्तरोन्नति र पूर्वाधार निर्माणमा सरकारले सहयोग गर्ने बताउनुभयो । मुख्यमन्त्री पाण्डेले शिक्षाको गुणस्तर अभिवृद्धिका लागि प्रदेश सरकार लागि परेको उल्लेख गर्नुभयो ।

    उहाँले भन्नुभयो, “शैक्षिक क्षेत्र गुणस्तर बनाउन नसकिए मुलुकको भविष्य अन्धकार हुन्छ । मुलुकलाई चाहिने जनशक्ति उत्पादन गर्ने थलो शैक्षिक क्षेत्र हो, त्यसको दायित्व सरकारले लिनैपर्छ ।” मुख्यमन्त्री पाण्डेले सामुदायिक क्याम्पसको विकासको दायित्व सरकारले लिनुपर्छ भनेर यसलाई नीति तथा कार्यक्रममा समावेश गरिएको बताउनुभयो । सामुदायिक क्याम्पससँग प्रदेश सरकार कार्यक्रम अगाडि बढाइएको भन्दै उहाँले यो कार्यक्रममार्फत अनुदानको व्यवस्था गरिने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “सीमित स्रोत र साधनलाई असीमित चाहनासँग लय मिलाउँदै केही सहयोग गरिनेछ ।” प्रदेशभित्रका ९० वटा सामुदायिक क्याम्पसका आवश्यकता सम्बोधनका लागि सरकारले रु पााँच करोड विनियोजन गरिएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “राज्यले धेरै क्षेत्रमा लगानी गरेको छ । हरेक क्षेत्रको दायित्व सरकारले बेहोर्नुपर्छ भन्ने मानसिकता विकास भइरहेको छ । विशेषगरी शैक्षिक र स्वास्थ्यको दायित्व सरकारले लिनैपर्छ ।”

    कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले शिक्षाको गुणात्मक विकासका लागि स्थानीय तह अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । सामुदायिक क्याम्पसको मर्मका बारेमा आफू जानकार रहेको भन्दै उहाँले कार्यविधि बनाएर सामुदायिक क्याम्पसलाई अनुदान दिने नीति सरकारले लिएको बताउनुभयो । “सामुदायिक क्याम्पसमा विभिन्न समस्या छ, त्यो समस्याबारे म आफैँ जानकार छु, सामुदायिक क्याम्पसको विकासका लागि सरकार गम्भीर छ”, मन्त्री आलेले भन्नुभयो । माध्यमिक तहको शिक्षा सुदृढीकरणका लागि प्रदेश सरकार स्थानीय तहसँग सहकार्य गर्न तयार रहेको उहाँको भनाइ थियो ।

    मन्त्री आलेले भन्नुभयो, “जहाँ विद्यार्थी छन् त्यहाँ पूर्वाधार छैन, जहाँ पूर्वाधार छ त्यहाँ विद्यार्थी छैनन् । यस्तो अवस्थाको अन्त्यका लागि सरकारले प्रयास गरेको छ ।” शिक्षा क्षेत्रमा आमूल परिवर्तन आवश्यक रहेको बताउँदै उहाँले जीवन उपयोगी शिक्षा र मुलुकलाई चाहिने जनशक्ति उत्पादन गर्ने शिक्षा आवश्यक रहेकामा जोड दिनुभयो । गण्डकी प्रदेशससभा सदस्य एवं नेकपा (माओवादी) केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले सामुदायिक क्याम्पसमा भुइँ तहका जनताका छोराछोरी अध्ययन गर्ने भएकाले यसको विकासमा सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

    चुमानले शिक्षा र स्वास्थ्यमा समाजवाद देखाउनुपर्ने अहिलेको आवश्यकता रहेको औँल्याउनुभयो । गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले सामुदायिक क्याम्पसको विकासका लागि प्रदेशले अनुदान दिने नीति ल्याएको उल्लेख गर्नुभयो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सामुदायिक क्याम्पसलाई सम्बोधन हुने गरी अलग विश्वविद्यालयको प्रावधान अगाडि बढाउन माग गर्नुभयो । उहाँले आग्रह पूर्वाग्रहबाट माथि उठेर क्याम्पसको विकासका लागि सबै पक्ष लागिरहेको उल्लेख गर्नुभयो ।

    जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले समाजले माग गरेका शिक्षा क्याम्पसले प्रदान गर्दै आइरहेको उल्लेख गर्नुभयो । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले शैक्षिक केन्द्रका रूपमा विकास भइरहेको क्याम्पसको शैक्षिक गुणस्तर वृद्धिलाई जोड दिनुपर्ने बताउनुभयो । उहाँले क्याम्पसलाई साझा शैक्षिक केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले क्याम्पस गण्डकी प्रदेशकै अब्बल क्याम्पसको रूपमा विकास भइरहेको उल्लेख गर्नुभयो ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छवि रिजाल, नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सदस्य श्रीराम कार्की, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) का जिल्ला संयोजक ओमराज आलेलगायतले शिक्षाको विकासमा प्राध्यापक, विद्यार्थी र अभिभावकको महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो । क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले क्याम्पसलाई शैक्षिक एवं आर्थिकरूपमा सबल बनाउन प्रयासरत रहेको बताउँदै क्याम्पस देशकै उत्कृष्ट संस्थाका रूपमा विकास भइरहेको जिकिर गर्नुभयो । उक्त क्याम्पसले चार सय विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको उहाँको भनाइ छ ।

    सो अवसरमा क्याम्पसलाई सहयोग पु¥याउने म्याग्दे गाउँपालिका–२ उमाचोक निवासी प्रा डा धु्रव अधिकारीलाई मुख्यमन्त्री पाण्डेले सम्मान गर्नुभयो । विसं २०४३ मा स्थापित क्याम्पसमा व्यास नगरपालिका, ऋषिङ गाउँपालिका, म्याग्दे गाउँपालिका, बन्दीपुर गाउँपालिकाका अतिरिक्त छिमेकी जिल्लाबाट विद्यार्थी पठनपाठनका लागि आउने गरेका छन् । क्याम्पसमा व्यवस्थापन विषयमा कक्षा ११/१२, स्नातक तहमा बिबिएस र बिबिए र स्नातकोत्तर तहमा एमबिएस पढाई हुँदै आइरहेको छ । हाल क्याम्पसमा करिब तीन हजार एक सय विद्यार्थी अध्ययनरत छन् । रासस 

    बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय
    भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात
    विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.