• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ४. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ५. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ६. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ७. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

  • १०. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

कर्मचारीले निष्पक्ष रुपमा काम गर्नुपर्छ : सभापति देउवा

  •   मङ्गलबार, भदौ १९, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीहरुले निष्पक्ष रुपमा काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका सन्दर्भमा आज ‘कर्मचारी’ पुस्तकको विमोचन कार्यक्रममा उहाँले कर्मचारीले व्यक्तिगत रुपमा विचार जुनसुकै अपनाए पनि सरकारको कुरा मान्नुपर्ने धारणा व्यक्त गर्नुभयो । सभापति देउवाले भन्नुभयो, “राजनीति र कर्मचारीतन्त्रबीचको द्वन्द्व विश्वमै हुने गरेको देखिन्छ, तर सन्तुलन कायम गरेर मिलाएर लैजानुपर्छ ।

    निजामती कर्मचारी युनियन प्रजातान्त्रिक युनियन हो । अरूले आफ्नो पार्टीले जे भन्यो त्यही गर्ने गरेका छन्, हामीले त्यस्तो गर्नुपर्छ भन्ने छैन, निष्पक्ष काम गर्नुपर्छ, त्यही रुपमा अघि बढ्नुस् ।” राजनीति र कर्मचारीतन्त्रबीच राम्रो सम्बन्ध हुनुपर्ने उल्लेख गर्दै सभापति देउवाले कर्मचारीतन्त्र नभई देश नचल्ने बताउनुभयो । उहाँले कर्मचारीले सरकारको भनेको मान्नुपर्ने र कतिपय चित्त नबुझेका विषय भन्नुपर्ने बताउनुभयो । राजनीति र कर्मचारीतन्त्रबीच आपसी समन्वय र सहयोग हुनुपर्ने सभापति देउवाको भनाइ थियो ।

    फरक प्रसङ्गमा सभापति देउवाले नेपालमा जलविद्युत् उत्पादनको सम्भावना धेरै भएको उल्लेख गर्दै जलविद्युत् खरिदकर्ता छिमेकी मुलुक भारत भएकाले उसको कुरा सुन्नुपर्ने बाध्यता छ भनुभयो । उहाँले भन्नुभयो, “साथी बदल्न सकिन्छ, तर छिमेकी बदल्न सकिँदैन । तसर्थ चीन र भारत दुवै छिमेकीसँग राम्रो सम्बन्ध बनाइरहनु आवश्यक छ । सन्तुलन मिलाएर अघि बढ्नुपर्ने हुन्छ । यो हाम्रो आवश्यकता र बाध्यता हो, यसमा हाम्रो बुद्धिमता पनि छ ।”

    कार्यक्रममा कांग्रेस नेता डा शेखर कोइरालाले राजनीति गर्ने सबैले कमर्चारी जुनसुकै आस्था र विचारका भए पनि स्थायी सरकार हो भन्ने बुझ्नुपर्ने उल्लेख गर्दै कर्मचारीलाई सेवासुविधा र वृत्तिविकासका विषयमा खुसी राख्न सकेमात्र सफलता प्राप्त हुने धारणा व्यक्त गर्नुभयो । पार्टीले कर्मचारीको मनोबल उच्च राख्न आवश्यक सहयोग गर्नुपर्ने उहाँको भनाइ थियो । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं कांग्रेसका नेता रामहरि खतिवडाले निजामती सेवासम्बन्धी कानुन छिट्टै ल्याउन लागेको र यसमा सबैलाई समेट्ने प्रावधान हुने तथा एकाधिकारका प्रावधान नहुने स्पष्ट पार्नुभयो ।

    उहाँले आवश्यक सुझावका लागि आग्रह गर्दै सुशासन कायम गराउन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कांग्रेस सहमहामन्त्री जीवन परियारले राजनीति गर्ने व्यक्ति ठीक भएमात्र कर्मचारीतन्त्र ठीक हुने र मुलुकमा सुशासन कायम गर्न पद्धति नै विकास गर्नुपर्ने बताउनुुभयो । युनियनका कार्यवाहक अध्यक्ष उत्तमकुमार कटुवालले कर्मचारीका समस्याका बारेमा अवगत गराउँदै कर्मचारीसँग सम्बन्धित आवश्यक कानुन यथाशीघ्र अघि बढाउनका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ४.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ५.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    • ६.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.