• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ३. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

कृषिगणनाको नतिजा सार्वजनिक, कृषिकार्य गर्ने जग्गामा कमी

  •   बिहिबार, भदौ २१, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालय (साविकको केन्द्रीय तथ्याङ्क विभाग)ले राष्ट्रिय कृषिगणना, २०७८ को नतिजा आज सार्वजनिक गरेको छ । कृषिगणना, २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार सात सय ८९ कृषक परिवारले २२ लाख १८ हजार चार सय १० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ । अघिल्लो कृषिगणना, २०६८ अनुसार ३८ लाख ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार छ सय ३९ हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको थियो ।

    यसैगरी यस कृषिगणनाअनुसार नेपालमा जम्मा घरपरिवारमध्ये ६२ प्रतिशत कृषक परिवार रहेको पाइएको छ भने अघिल्लो कृषिगणनाले यस्ता कृषक परिवारको प्रतिशत ७१ देखाएको थियो । पछिल्लो जनगणनाअनुसार मुलुकमा जम्मा घरपरिवारको सङ्ख्या ६६ लाख ६६ हजार रहेको छ । कार्यालयले विसं २०१८ देखि हरेक १०–१० वर्षमा कृषिगणना गर्दै आएको छ । कार्यालयले २०७८ साल चैत १ गतेदेखि ७७ वटै जिल्लामा कृषिगणना कार्यालय स्थापना गरी २०७९ वैशाख ६ देखि जेठ १९ गतेसम्म सातौँ राष्ट्रिय कृषिगणनाको स्थलगत तथ्याङ्क सङ्कलनकार्य सम्पन्न गरेको थियो ।

    तीनै तहका सरकारलाई चाहिने कृषिसम्बन्धी तथ्याङ्क उपलब्ध गराउने उद्देश्यसहित ‘कृषिगणनाको सार, कृषि योजनाको पूर्वाधार’ मूल नाराका साथ सञ्चालित यो राष्ट्रिय कृषिगणना, २०७८ सङ्घीयतापछिको पहिलो कृषिगणना हो । कृषिगणना, २०७८ अनुसार कृषक परिवारले १२ लाख नौ हजार दुई सय ६५ हेक्टर जग्गामा सिँचाइ सुविधा लिएको देखिएको छ । यी कृषक परिवारअन्तर्गतको जम्मा जग्गामध्ये ५४ दशमलव पाँच प्रतिशत जग्गामा सिँचाइ सुविधा उपयोग भएको देखिन्छ ।

    तर अघिल्लो कृषिगणनामा सिँचाइ सुविधा उपयोग भएको जग्गाको क्षेत्रफल ५२ प्रतिशतमात्र थियो । विगतका गणनामा जस्तै यस गणनामा पनि सबैभन्दा बढी क्षेत्रफलमा खाद्यान्न बाली २५ लाख ८६ हजार एक सय ८३ हेक्टरमा लगाएको पाइएको छ भने अन्य बालीहरूमा क्रमशः कोसे/दाल बाली एक लाख ९९ हजार आठ सय ४४ हेक्टर, तेल बाली एक लाख ८० हजार एक सय ४१ हेक्टर, तरकारी बाली एक लाख सात हजार सात सय ३३ हेक्टर, कन्दमुल बाली एक लाख चार हजार सात सय ३७ हेक्टर, मसला बाली ५६ हजार आठ सय ९३ हेक्टर र नगदे बाली ४४ हजार छ सय नौ हेक्टरमा रहेको पाइएको छ ।

    नेपालमा गत १० वर्षको अन्तरालमा पशुपालन गर्ने कृषक परिवार ३३ लाख ५३ हजार आठ सय ५७ बाट बढेर ३४ लाख पाँच हजार १४ हुन पुगेका छन् । यस गणनामा गाईगोरुको सङ्ख्या करिब ४६ लाख, रागाभैँसीको सङ्ख्या करिब २९ लाख, बाख्रा/खसी/बोका/च्याङ्ग्राको सङ्ख्या करिब एक करोड ४२ लाख, सँगुर/बङ्गुर/बँदेलको सङ्ख्या करिब १४ लाख, कुखुराको सङ्ख्या करिब चार करोड ५१ लाख हुन आएको देखिन्छ । यो गणनाले उन्नत गाई र भैँसीको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको देखाएको छ ।

    कृषिकार्यका लागि ट्र्याक्टर प्रयोगमा दोब्बरले वृद्धि

    कृषिगणना, २०६८ ले आठ लाख ४५ हजार कृषक परिवारले कृषिकार्यका लागि ट्र्याक्टर प्रयोग गरेको देखाएको थियो भने कृषिगणना, २०७८ ले यो सङ्ख्या झन्डै दोब्बर भएर १६ लाख ३९ हजार पुगेको देखाएको छ । यसैगरी यी दुई गणनाको तुलना गर्दा कृषक परिवारले प्रयोग गरेका फलामे हलोको सङ्ख्यामा उल्लेखनीयरूपमा गिरावट आएको देखिन्छ । कृषिगणना, २०७८ ले ४२ हजार आठ कृषक परिवारले ४८ हजार सात सय ६३ वटा पोखरीमा माछापालन गरेको देखाएको छ । यसरी माछापालन गरिएका पोखरीहरूको कुल क्षेत्रफल १० हजार तीन सय ८३ हेक्टर रहेको समेत यो गणनाले औँल्याएको छ ।

    अघिल्लो कृषिगणना, २०६८ ले यस्ता कृषक परिवारको सङ्ख्या १७ हजार एक सय ९१, पोखरीको सङ्ख्या २१ हजार दुई सय ७७ र पोखरीको जम्मा क्षेत्रफल दुई हजार पाँच सय १९ हेक्टर देखाएको थियो । यो गणनाको प्राप्त नतिजाले १७ हजार पाँच सय ५४ कृषक परिवारले च्याउखेती गरेको देखाएको छ । गणनाको प्राप्त नतिजाअनुसार एक लाख ९६ हजार आठ सय ५४ कृषक परिवारले पाँच लाख १० हजार चार सय १४ वटा घारमा मौरीपालन गरेको पाइएको छ । अघिल्लो कृषिगणना, २०६८ को नतिजाअनुसार मौरीपालन गर्ने कृषक परिवारको सङ्ख्या एक लाख २४ हजार एक सय ५० पाइएको थियो । यो गणनाको प्राप्त नतिजाले १० हजार तीन सय ७५ कृषक परिवारले पाँच सय ९७ हेक्टर जग्गामा पुष्पखेती÷नर्सरीखेती गरेको देखाएको छ । कृषिगणना, २०७८ अनुसार एक लाख ८२ हजार चार सय ४१ (चार दशमलव चार प्रतिशत) कृषक परिवारले कृषि बीमा गरेको उल्लेख गरेका छन् ।

    यसरी बीमा गरेकामध्ये सबैभन्दा बढी एक लाख ५३ हजार नौ सय ६२ (८४ दशमलव चार प्रतिशत) कृषक परिवारले पशुपालन कार्यको लागि बीमा गरेको बताएका छन् । यस गणनाबाट प्राप्त नतिजाअनुसार तीन लाख आठ हजार पाँच सय १२ (सात दशमलव पाँच प्रतिशत) कृषक परिवारले सरकारी अनुदान पाएको उल्लेख गरेका छन् भने यसरी सरकारी अनुदान पाएकामध्ये सबैभन्दा बढी एक लाख ४२ हजार पाँच सय ७६ (४६ दशमलव दुई प्रतिशत) कृषक परिवारले रासायनिक मल खरिदमा अनुदान पाएको बताएका छन् ।

    यो गणनाका अनुसार ९७ हजार एक सय ७४ कृषक परिवारले चार हजार छ सय ५९ दशमलव दुई हेक्टर जग्गामा हरितगृह/टनेल पद्घतिबाट खेती गरेको पाइएको छ । कृषिगणना, २०६८ अनुसार मुख्य कृषकमा ८१ प्रतिशत पुरुष र १९ प्रतिशत महिला रहेका थिए भने कृषिगणना, २०७८ अनुसार मुख्य कृषकमा पुरुषको हिस्सा घटेर ६७ दशमलव छ प्रतिशत र महिलाको हिस्सा बढेर ३२ दशमलव चार हुन पुगेको देखिन्छ ।

    सत्तरी प्रतिशत कृषकको मुख्य आम्दानीको स्रोत कृषिकार्य

    यो गणनाले ७० दशमलव चार प्रतिशत कृषक परिवारको आम्दानीको मुख्य स्रोत कृषिकार्य रहेको देखाएको छ । अघिल्लो कृषिगणनाले यो प्रतिशत ८३ दशमलव एक देखाएको थियो । गणनाबाट प्राप्त नतिजाले ४५ प्रतिशत कृषक परिवारले आफ्नो कृषिकार्यबाट भएको आम्दानीले वर्षभरि खान पुग्ने बताएका छन् भने अघिल्लो कृषिगणना, २०६८ मा यसरी उल्लेख गर्ने कृषक परिवार ४० प्रतिशत थिए ।

    गणनाको प्राप्त नतिजाअनुसार आफ्नो कृषिकार्यबाट भएको सबै उत्पादन घरायसी उपभोगको लागि हो भनी बताउने कृषक परिवार ६८ दशमलव आठ प्रतिशत, सबै बिक्रीका लागि हो भनी बताउने एक दशमलव एक प्रतिशत, मुख्यतः घरायसी उपभोग र केही बिक्रीका लागि हो भनी बताउने २४ दशमलव सात प्रतिशत र मुख्यतः बिक्री र केही घरायसी उपभोगका लागि हो भनी बताउने पाँच दशमलव चार प्रतिशत रहेको देखिएको छ ।

    जम्मा कृषक परिवारमध्ये २६ प्रतिशत परिवारले कृषिकार्यका अतिरिक्त अन्य आर्थिक क्रियाकलाप पनि सञ्चालन गरेको बताएका छन् । अघिल्लो कृषिगणनाका अनुसार यो प्रतिशत १६ रहेको थियो । रासस 

    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने
    विदेशी फूलको आयात रोक्न किसानको माग
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    • ३.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.