रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित रामजानकी मन्दिरका पुजारी मिश्रीलाल साहमाथि सांघातीक आक्रमण भएको छ । रौतहटका प्रहरी प्रमुख एसपी महेन्द्र श्रेष्ठका अनुसार बिहीबार राति उनीमाथि अज्ञात समूहले आक्रमण गरेको हो ।
कसले र किन गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको श्रेष्ठले जानकारी दिए । अहिले उनको उपचार पिपरा बजारस्थित बागमती अस्पतालमा भइरहेको छ ।








