• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
मङ्गलबार, कार्तिक ०३, २०८३
☰
मङ्गलबार, कार्तिक ०३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ३. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. चितवनमा दुई जातका अङ्गुरको परीक्षण

  • ६. भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

  • ७. भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा

  • ८. विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

  • ९. बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

  • १०. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

नारायणी किनारमा गोवंश रक्षार्थ विशाल धार्मिक सभाको आयोजना

"हिन्दु राष्ट्र स्थापना गर्ने अभियान सुरु भएको उद्घोष "
  •   शनिबार, भदौ २३, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । धरान लगायत देशका विभिन्न स्थानमा भएको गाई, गोरु हत्याको विरोध एवम् गोवंश रक्षार्थ शनिबार चितवनको नारायणी नदी किनारमा विशाल धार्मिक सभा आयोजना गरिएको छ । नेपाल सन्त समाजको संयोजन तथा गोवंश रक्षा अभियान–२०८० को आयोजनामा उक्त सभा आयोजना गरिएको हो । सभा अघि भरतपुर, नारयणगढ, देवघाट र गैंडाकोटबाट ¥याली निकालिएको थियो ।

    सभामा ॐ कार परिवार (बैदिक, बौद्ध, जैन, शिख, किराँत र प्रकृतिपुजक) हरुको सहभागिता रहेको थियो । सभा सम्पन्न गर्न निर्देशक मण्डल समेत बनाईएको थियो । उक्त निर्देशक मण्डलमा देवघाटधामका महामण्डलेश्वर स्वामी आत्मानन्द गिरी, स्वामी रमणानन्द गिरी, लंकुस्थित लक्ष्मी बैकुण्ठनाथ मन्दिरका महन्त आचार्य जगन्नाथ शर्मा र निम्बार्क दर्शन केन्द्र नेपालका केन्द्रीय अध्यक्ष प्राध्यापक हरिशरण आचार्य लगायतका सन्तहरु रहेका थिए ।

    ‘अनेकतामा एकता सनातन वैदिक हिन्दु धर्मको विशेषता, ओमकार परिवार एक होऔ, संविधानको पालना गराऔँ’ भन्ने नारा सहितको ¥याली पश्चात आयोजित सभामा गलेश्वर आश्रम देवघाटका पिठाधीश स्वामी आत्मानन्द गिरि, महेश सन्यास आश्रम देवघाटका पिठाधीश स्वामी रमणानन्द गिरि, हरिहर शन्यास आश्रम देवघाटका पिठाधिश एवं नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती हिन्दु जागरण नेपालका रामकृष्ण उपाध्याय, किराँत धर्मगुरु प्रेम थुलुङ, लक्ष्मी बैकुण्ठ आश्रमका आचार्य जगन्नाथ शर्मा, बौद्ध दर्शनका ज्ञाता मोहन लामा रुम्बा, विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य श्याम पौडेल लगायतका वक्ताहरुले हिन्द राष्ट्र स्थापना गर्ने अभियान सुरु भएको उद्घोष गरे ।

    वक्ताहरुले विदेशीको इशारामा नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको भन्दै अव जनताको आन्दोलनको बलमा नेपाललाई हिन्दु राज्य बनाउने बताए । अवको निर्वाचनमा धर्म निरपेक्ष कायम गर्ने दलहरुलाई मतदान मार्फत पराजित गरि धर्मनिरपेक्ष हटाउनु पर्ने वक्ताहरुको भनाई थियो । हिन्दुधर्म स्थापनाकोलागि जस्तासुकै आन्दोलन गर्न पनि तयार हुनु पर्ने धर्मगुरुहरुको भनाई थियो । सो कार्यक्रमको सन्चालन सन्त समाज नेपालका महासचिव प्रा.डा. गुरुप्रसाद सुवेदीले र स्वागत मन्तव्य कार्यक्रमको संयोजक टंकनाथ पौडेलले गरेका थिए ।

    यसैविच नेपाल सन्त समाज, सम्पुर्ण सनातनी धार्मिक संस्था तथा ॐकार परिवारहरुले सरकार समक्ष विभिन्न मागहरु समेत प्रस्तुत गरेका छन् । सभाको अवसरमा सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वती महाराजले उक्त मागहरु सार्वजानिक गरेका थिए । समाजले धरान आदि विभिन्न स्थानमा भएको गौहत्याकाण्डका दोषीलाई कानुन बमोजिम कारवाही गर्नुपर्ने, धरानस्थित बालगोपाल मन्दिर नजिक झुक्याएर बनाईएको तत्काल स्थानान्तरण गर्नु पर्ने, नेपालमा रहेका पौराणिक स्थल, प्राचिन मौलिक धार्मिक पुरातात्विक स्थल आदिले परिरिच कुनै पनि क्षेत्रमा धर्मपरिवर्तन प्रति विश्वास राख्ने समुह वा व्यक्तिले उनीहरुको सेन्टर खोल्न नपाउने र खोलेका स्थानलाई तत्काल स्थानान्तरण या बन्द गर्नु पर्ने, कुनै पनि बिदेशी दाताले कुनै सेवाको नाममा गरिने सहयोग सेवाकै नाममा प्रयोग हुनु पर्ने, धर्मपरिवर्तनलाई प्रोत्साहन गर्न नपाउने माग गरेको छ ।

    यसैगरि व्यवसायीक गौशालाले नै अधिकांश गाईबस्तुहरु छाडा छोड्ने देखिएको र राज्यले सो गौशालाबाट कर उठाईरहेकोले छाडा छोडिएका गाईबस्तुको व्यवस्थापनको पुर्ण जिम्मा लिनुपर्ने, हरेक जिल्लामा न्युनतम एक सय विगाहा जग्गा राज्यले व्यवस्थापन गरेर अशक्त तथा छाडा छोडिएका गाईबस्तुहरुको व्यवस्थापन गर्नुपर्ने, धर्म निरेपक्षता खारेजु गर्नु पर्ने, सनातनीहरुको आस्थाको केन्द्रहरु मठ मन्दिर गुम्बा, चैत्य आदिको जिम्मा सम्बन्धित धार्मिक क्षेत्रलाई दिनु पर्ने तथा नेपाललाई धार्मिक, सामाजिक र जातिय द्वन्द्वमुक्त क्षेत्र घोषणा गर्नु पर्ने मागहरु समाजले गरेको छ ।

    क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने
    मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य
    चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      चितवनमा दुई जातका अङ्गुरको परीक्षण

    • ६.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब

    भर्खरै

    • १.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

    • ३.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

    • ४.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

    • ५.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

    • ६.
      बाढी प्रभावित ऋणीलाई बैंकको किस्ता तिर्न पुस मसान्तसम्मको समय

    • ७.
      भोटेकोसी बाढीपछि प्रधानमन्त्री राहत कोषमा १७ अर्ब ७५ करोडभन्दा बढी मौज्दात

    • ८.
      विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.