काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाउनुभएको छ । मध्यान्ह १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाइएको हो । मन्त्रिपरिषदको बैठक बोलाइएपनि एजेन्डाबारे जानकारी नदिइएको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद हेरेफेरको चर्चा भइरहेका बेला प्रधानमन्त्रीले आकस्मिकम रुपमा बोलाएको बैठकलाई महत्वका साथ हेरिएको छ । सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिषदको बैठक बस्ने गरेपनि प्रधानमन्त्रीले आज आकस्मिक रूपमा बैठक बोलाएका हुन् ।








