काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलामा ६ सय रुपैयाँले घटेर ९३ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसअघि शुक्रबार सुन तोलामा ८ सय रुपैयाँले बढेर ९३ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार १ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।








