• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ६. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. सरकार लक्षित प्रचण्डको चेतावनीः इतिहासलाई बेवास्ता गरे देशमा फेरी नयाँ परिस्थिति

  • ९. एनपिएलमा विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • १०. अखिल क्रान्तिकारी चितवनद्वारा भरतपुर महानगरलाई ७२ घण्टे अल्टिमेटम, शुल्क वृद्धि खारेज गर्न माग

समाजमा दलितप्रति विभेदको शेष बाँकी नै छ : सांसद हजरा

  •   आइतबार, भदौ २४, २०८० मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । सांसद प्रभु हजरा समाजमा दलित समुदायप्रति गरिएको विभेद अन्त्यका लागि साढे तीन दशक अघि कम्युनिष्ट पार्टीमा लाग्नुभएको हो । नेकपा (एमाले) का तर्फबाट समानुपातिक निर्वाचन प्रणालीको दलित आरक्षणअन्तर्गत उहाँले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुभएको छ । दलित समुदायप्रति त्यतिबेला समाजमा धेरै विभेद रहेकामा अहिले धेरै परिवर्तन आएको सांसद हजरा बताउनुहुन्छ । दलित समुदायको व्यक्ति हुनुका नाताले विभेद अन्त्यका लागि प्रमुख एजेण्डा लिएर आफू कम्युनिष्ट पार्टीमा लागेको उहाँ बताउनुहुन्छ ।

    ‘सांसदसँग–रासस’ संवादका क्रममा सांसद हजराले भन्नुभयो, “समाजमा हिजोभन्दा धेरै परिवर्तन भइसकेको छ । विगतको तुलनामा छुवाछूत र विभेद कम छ, तर शेष भने बाँकी नै छ । चाँडै अन्त्य हुनेमा विश्वस्त छु ।” वडा, गाउँ, जिल्ला, प्रदेश हुँदै हाल पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहनुभएका सांसद हजरा संविधानको मर्म र भावनाअनुरुप नयाँ ऐन बनाएर राज्यका सबै संरचनामा समानुपातिक समावेशी सिद्धान्तको पूर्णपालना गरिनुपर्ने मत राख्नुहुन्छ ।

    विसं २०८४ मा हुने तीन तहकै निर्वाचनमा महिला र दलितका लागि बेग्लै आरक्षणको व्यवस्था भएमा सबै समुदायलाई एकैसाथ लिएर राष्ट्रलाई विकासको मार्गमा लैजान सकिने उहाँको भनाइ छ । नेता हजरा भन्नुहुन्छ, “देशको आधा जनसङ्ख्या भएको महिला र पाँच लाखको हाराहारीमा रहेका दलितलाई लैङ्गिक र जातीय हिसाबले पछि पारिएको हुँदा अब उनीहरूलाई उठाइयो भने मात्र राष्ट्र समृद्धितर्फ अघि बढ्छ ।” सामान्यरुपमा कृषि कर्ममा संलग्न भए पनि पार्टीको पूर्णकालीन राजनीतिमा संलग्न सांसद हजरा पर्सा निर्वाचन क्षेत्र नं ४ को प्रमुखको जिम्मेवारीमा हुनुहुन्छ ।

    विसं २०४६ को जनआन्दोलनपछि पार्टीमा सक्रियताका साथ निरन्तर लाग्नुभएका सांसद हजराले गएको निर्वाचनमार्फत पहिलोपटक प्रतिनिधिसभामा प्रवेश पाउनुभएको हो । देश चलाउने ऐन÷कानुन बनाउने मुख्य थलो सङ्घीय संसद् भए पनि सरकारले बिजनेस नदिएका कारण कानुन बनाउने थुप्रै जिम्मेवारीका बाबजुद कामविहीन बस्नुपरेको उहाँको भनाइ छ । कोरोना, डेङ्गु र आर्थिक सङ्कटबाट अप्ठयरोमा परेका जनतालाई राहत दिन र मुलुकका यावत समस्या सुल्झाउन छिटो छलफल गरी छरितो ढङ्गबाट ऐन पास गर्नुपर्नेमा त्यसमा सरकारबाट ढिलाइ भइरहेको नेता हजराले आरोप लगाउनुभयो ।

    सांसदको मुख्य जिम्मेवारी भनेको कानुन निर्माण गर्ने नै भएकाले दल र संसद्को कामबाहेक व्यक्तिगतरूपमा आफू खासै अन्यन्त्र नअल्मलिएको उहाँ बताउनुहुन्छ । तथापि, जनताले उठाएका कतिपय मल, सिँचाइ, पोखरी, कुलोसम्बन्धी काममा बाध्यताका आधारमा मन्त्रालयमा पुग्ने कार्य स्वभाविक भएको बाहेक संसद् र संसदीय समितिमै नियमितरूपमा सहभागी हुने गरेको सांसद हजराले स्पष्ट गर्नुभयो । “सरकारले मिलेर जान चाहेको खण्डमा सदन अवरुद्ध हुन्न ।

    प्रमुख प्रतिपक्षका माग र मुद्दालाई निकास दिन समयमै सम्बोधन हुनुपर्छ”, उहाँले भन्नुभयो, “ललिता निवास, भुटानी शरणार्थी, सुन प्रकरणलगायतका भ्रष्टाचारसँग जोडिएका विषयमा प्रतिपक्षले उठाएको संसदीय समिति गठन गरी छानबिन गरौँ भन्ने मागलाई समयमै सम्बोधन गरेको भए संसद् अवरुद्ध हुन्थेन ।” सदनमा सांसदले दिएका कतिपय अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने विषय व्यक्तिको चरित्र, प्रस्तुति र बुझाइमा निर्भर गर्छ भन्दै नेता हजराले संसद् र पार्टीले सदनमा प्रवेश गर्नुअघि प्रशिक्षण दिएकाले त्यस्तो अवस्था व्यर्हाेनु नपरेको बताउनुभयो । सांसद हजरासँग प्रशासन पुनःसंरचना आयोग र दलित विकास आयोगमा काम गरेको अनुभवसमेत छ ।

    विषयवस्तुबारे पर्याप्त अध्ययन गरी संसद् नियमावलीको अधिनमा रही अभिव्यक्ति दिएमा कुनै प्रश्न नउठ्ने उल्लेख गर्दै उहाँले भ्रष्टाचार अन्त्य गरी सुशासन प्रवर्द्धन गर्न आवश्यक विधेयक ल्याई कानुन निर्माणलाई तीव्रता प्रदान गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो । मुलुकमा राजनीतिक स्थायित्व र समृद्धिका लागि हालको निर्वाचन प्रणालीमा ब्यापक सुधारको खाँचो औँल्याउँदै सांसद हजराले निर्वाचनमा हुने खर्च कम गर्न अनुगमन संयन्त्र र प्रभाकारी कानुन चाहिन्छ भन्नुभयो ।

    जनप्रतिनिधिका हैसियतले सदनमा आफूले खेलेको भूमिकाप्रति केही हदसम्म सन्तुष्ट भए पनि जनहितका लागि उठाइएका खानेपानी, सिँचाइ, मलसम्बन्धी माग र मुद्दा कार्यान्वयनको पाटो कमजोर हुँदा खिन्न लाग्ने गरेको उहाँले प्रतिक्रिया दिनुभयो ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए

    • ६.
      चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.